सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १६:१६ 
  • काठमाडौं,२१ साउन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

    बिहीबार बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

    सिरहा धनगढीमाई नगरपालिका वडा ८ का २४ वर्षीय रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ का ४१ वर्षीय अम्बर चाम्लिङलाई प्रहरीले पक्राउ गरेको हो।

    बिहान करिब सवा ८ बजे रिसब विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा बसिरहेका थिए। उनलाई शंकास्पद रूपमा देखेपछि प्रहरीले निगरानी गरेको थियो।

    तर उनी त्यहाँ सुन संकलन गर्न बसेको भन्ने खुल्यो।

    साउदीबाट जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आएका यात्रुहरूबाट उनले गहना संकलन गर्दै गरेको बाँस्तोलाले बताए।

    जजिराबाट आएका विभिन्न यात्रुहरूलाई गहना लगाउन लगाएर भन्सार छलि गरी ल्याएको प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरेको हो।

    यिनीहरूको विभिन्न नेटवर्क छ। विदेशबाट आएकाहरूलाई उतैदेखि नै भरिया बनाएर ल्याए। सबैलाई एउटा-एउटा लगाएर पठाए। त्यही सुन संकलन गर्न उनीहरू बाहिर बसेको देखियो,बाँस्तोलाले भने,संकलन गर्न सकिसकेपछि हामीले समातेका हौं।

    प्रहरीले सुरूमा रिसबलाई पक्राउ गरेको थियो। उनीबाट आठ वटा सुनको बाला र दुई वटा औंठी गरी जम्मा ४७४ ग्रामको सुन बरामद गरिएको हो।

    त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका अनुसार सो सुन ३७ लाख ३८ हजार ६७५ रूपैयाँ बराबरको छ।

    उनीमाथि सोधपुछ गरी प्रहरीले काठमाडौंको तिलगंगास्थित खोटाङ हलेसी गेष्ट हाउस संचालन गरिरहेका ४१ वर्षीय अम्बर चाम्लिङलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको पनि संलग्नता देखिएको छ।

    उनीहरूले सो सुन कहाँ लग्न लागेको भन्ने नखुलेको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए।

    अहिले सबै कुरा खुलिसकेको छैन। अनुसन्धानपछि खुल्छ,उनले भने।

    उनीहरूमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ।

    बुधबारमात्रै प्रहरीले सिनामंगलस्थित एक होटलबाट एक किलो ८६६ ग्राम सुनसहित तीन जना भारतीयलाई पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।

    प्रहरीका अनुसार उनीहरू पनि सुन संकलन गर्न बसेको खुलेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.