सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्द झोला र विद्यार्थीको भेट कहिले ?


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १४:३८ 
  • जाजरकोट, २१ साउन । कोभिड(१९) को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् ।

    बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहनुभएको छ । उहाँलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालुको जिन्दगीबाट उहाँले मुक्ति पाउन सकेको छैन् । घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ, बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उहाँको दिन बितिरहेको छ ।

    अभिभावक गोठमा आएको दिन सिंहलाई नायकबाडास्थित घरमा पठाएर आवश्यक खाद्यान्न ढुनानी गर्नुपर्ने अर्को जिम्मेवारी पनि आइलाग्दै आएको छ । सिंहले भन्नुभयो, “किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन । विद्यालय खुलेका पनि छैनन् । बिद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन ।”

    उहाँजस्तै अर्की जुनकुमारी सिंह पनि चौथारी लेकमा हुनुहुन्छ । उहाँलाई गोठको सुरक्षादेखि पशुचौपायकै चिन्ता छ । विद्यालय सञ्चालन भए÷नभएको बारेमा जानकारीसम्म उहाँलाई छैन । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले बारेकोटको बोटो हुँदै जुम्ला जाने सर्वसाधारण उहाँको गोठमा बास माग्दै आएर बसेको पाहुनाले दिएको जानकारी नै उहाँका लागि नयाँ सन्देश हुन्छ ।

    दैनिक वर्षे झरी, जुकाको टोकाइ, गाईभैँसी, घोडाको हेरालुको कामले गर्दा अरु कुरा सोच्ने जुनकुमारीलाई फुर्सद छैन । उमेरले मात्र १४ वर्षकी उहाँको काँधमा घरको सबै काम गर्नुपर्ने बाध्यता छ । पाटन क्षेत्रमा भारी मात्रामा फुलेका फूलहरुसँग रम्दै, जङ्गलबाट सङ्कलन गरी ल्याइएका निगालोको टुसा र अन्य जडीबुटी, च्याउ खाँदै जुनकुमारीको भविष्य कत्ता जाँदैछ, उहाँलाई अत्तोपत्तो छैन ।

    उहाँकै उमेरका विद्यार्थी इन्टरनेटको माध्यमले दैनिक नयाँ–नयाँ कुरा पढिरहेका छन् । देश, विदेशका घटनाका विषयमा छलफल, जानकार छन् । तर पाटन क्षेत्रमा रहेका विद्यार्थी कुनै सूचना, जानकारी र शिक्षा लिन पाएका छैनन् । पशुचौपायको स्याहार नै उनीहरुको मुख्य शिक्षा आर्जन गर्ने थलो बन्दै छ । अर्थावस्था कमजोर हुनुका साथै दुर्गम भएकै कारण यहाँका विद्यार्थी चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखहादुर सिंहले बताउनुभयो । सिंह आफैँ पनि इन्टरनेट चलाउने र मन लागेमा विद्यालय तथा गाउँपालिकाको केन्द्र लिम्सासम्म पुग्ने गरेका छन् ।

    बारेकोटलगायत दुर्गमका विद्यार्थीको परीक्षा फारमदेखि अन्य काम कसले गरिदिन्छ भन्ने स्वयं विद्यार्थीलाई नै थाहा हँुदैन । त्यस्तै डोल्पाका अधिकांश विद्यार्थीको हालत पनि त्यस्तै रहेको छ । चिसो मौसममा विद्यालय बन्द गर्नुपर्ने र गर्मी मौसममा विद्यालय सञ्चालन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता डोल्पामा रहेको छ ।

    अहिले कोभिडका कारण विद्यालय बन्द हुँदा कुनै समय पनि विद्यार्थीले पढ्न पाएका छैनन् । गाउँमा हुने विकास निर्माणको काममा मजदुरका रूपमा विद्यार्थी काम गर्न बाध्य भएको त्रिपुरासुन्दरी नगरपालिका लिकुका रामबहादुर पहाडीले बताउनुभयो । विद्यालय बन्द छन्, सरहरु कहाँ हुनुहुन्छ थाहा छैन उहाँले भन्नुभयो । आर्थिकरूपमा सवल भएको परिवारका विद्यार्थी ठूला शहरमा गएर विभिन्न माध्यमबाट शिक्षा लिए पनि गाउँमा रहेका विद्यार्थीको अवस्था बिजोग बन्दै गएको छ ।

    कोरोनाविरुद्धको खोप शिक्षकलाई लगाउन शुरु गरे पनि विद्यार्थीलाई लगाएको छैन । शिक्षकलाई लगाएको खोपले विद्यार्थीहरु कसरी सुरक्षित हुन्छन् रु रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका कालीबहादुर बटालाले भन्नुभयो । हामीले हाम्रो छोराछोरीलाई विद्यालय पठाउँदा कसरी पठाउने रु उहाँले प्रश्न गर्नुभयो । शिक्षक मात्र बाँचेर विद्यार्थीहरु मरुन भन्ने नीति लिएको हो कि जस्तो लाग्छ उहाँले आक्रोशित हुँदै थप्नुभयो । केही विद्यार्थीहरु घर छाडेर भारतसमेत पुगिसकेको पाइएको छ । दशैँ, तिहारमा घर फर्कने गरी भारत पुगेको सामाजिक सञ्जालमा सार्वजानिक गरिएका सन्देशबाट थाहा हुँदै आएको छ ।

    हाम्रो जीवनशैली र जीवनस्तर बदल्नका लागि आर्थिकरूपमा सवल भएमा मात्र हरेक प्राविधिसँग नजिक हुन सकिन्छ । बिहान र बेलुकी के खाने, के लगाउने भन्ने चिन्ताले रुमलिने हाम्रो परिवेशबाट हुर्केको जीवनशैलीबाट संसार थाहा पाउने सपना पूरा गर्न राज्यले ठूलो लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.