सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोरीले बाँधेर बालक कुटपिट गर्ने वडाध्यक्ष पक्राउ


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १५:३२ 
  • जाजरकोट,२१ साउन । डोरीले बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताए । घटनास्थल सदरमुकामबाट करिब ८० किलोमिटर टाढा भएकाले सदरमुकाम पुग्न केही समय लाग्ने पाण्डेले बताए।

    ‘पीडितलाई पनि बोलाएका छौं। यस घटनालाई प्रहरीले गम्भीररुपमा लिएको छ । घटनाको छानवीन गरी कारवाही प्रक्रिया अघि बढ्छ,उनले भने। वडाध्यक्ष नेपालीको धम्की र डरकै कारण सर्पेले अहिलेसम्म घटनाबारे कतै उजुरी दिएका छैनन् । गत साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा भ्रष्टाचार गर्न पाइदैन भन्दै जाँड खाएर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले सोही ठाउँका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.