राष्ट्रिय

चितवनमा आज ४७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु,
-न्युजभित्तो

चितवन,३१ साउन । चितवनमा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ३३ जना छन्...

अफगानिस्तानमा युद्ध: अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीबारे अध्ययन गर्न सरकारी संयन्त्र
-न्युजभित्तो

काठमाडौं,३१ साउन । अफगानिस्तान गृहयुद्धमा फस्ने खतरा बढ्दै गएसँगै त्यहाँ अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरु बारे अध्ययन गर्न सरकारले संयन्त्र बनाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै...

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन  ।  नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय...

खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९...

केन्द्रीय समितिको बैठक आजै समापन गर्ने माओवादीको तयारी
-न्युजभित्तो

काठमाडौं,३१ साउन । नेकपा(माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले...

प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड
-न्युजभित्तो

वाग्मती, ३१ वाग्मती । प्रदेशसभाका सदस्यहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७÷७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार...

अघिल्लो ओली सरकारले पठाएका ९ राजदूत फिर्ता बोलाउने देउवा सरकारको तयारी
-न्युजभित्तो

काठमाडौं,३१ साउन । अघिल्लो केपी ओली सरकारले विभिन्न ९ देशका लागि पठाएका राजदूतलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने तयारी गरेको छ । ओली सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा कोटाका नियुक्त गरेका राजदूतलाई वर्तमान देउवा सरकारले फिर्ता बोलाउने तयारी गरेको...

बैतडीमा सवारी दुर्घटनामा एक वर्षमा ३४ को मृत्यु
-न्युजभित्तो

बैतडी, ३१ साउन । सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

कोरोनाको जोमिख भन्दै मनपरी भाडा असुल्दै, यातायात व्यवसायी
-न्युजभित्तो

मान्म, ३१ साउन । कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु...

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप
-न्युजभित्तो

वाग्मती, ३१ साउन  । वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो ।...