राष्ट्रिय

प्रदेश प्रमुख कलौनीद्वारा स्थापना दिवसको शुभकामना
-न्युजभित्तो

कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले यस अवसरमा आज कर्णालीवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो...

अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह : जिल्ला प्रशासन कार्यालय सुर्खेत
-न्युजभित्तो

कर्णाली, ४ भदौ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार...

दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल
-न्युजभित्तो

कञ्चनपुर, ४ भदौ । बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो । एक वर्षदेखि कोभिड प्रभावित...

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने
-न्युजभित्तो

ललितपुर, ४ भदौ । भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ । सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले...

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध
-न्युजभित्तो

बैतडी, ४ भदौ । लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिराले बिहान ६ः०० बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको...

सप्तकोशी नदीमा हामफाली आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार
-न्युजभित्तो

इनरुवा, ४ भदौ । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार...

अब चितवनबाटै नै सवारी चालक अनुमति पत्र नविकरण हुने
-न्युजभित्तो

चितवन, ४ भदौ । अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण गरिने भएको छ । बुधबार मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले भरतपुरलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको सुरुवाती निर्णय...

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्टै डायलासिस
-न्युजभित्तो

चितवन, ४ भदौ । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस...

एमालेका मध्यमार्गी नेताहरुको मागः दश बुँदे कार्यान्वयन, अध्यादेश र कारवाही फिर्ता
-न्युजभित्तो

काठमाडौं, ४ साउन । एमालेका ९ जना ‘मध्यमार्गी’ नेताले विभाजित पार्टीको एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने...

बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने...