सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ पार्टीको आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १४:१३ 
  • काठमाडौं, ३ भदौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।

    जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल दर्ताका लागि निवदेन दिएको थियो । नयाँ परिस्थितिमा पार्टीलाई कुन ढङ्गले अघि बढाउने भन्नेबारे आगामी रणनीति बनाउन जसपा ठाकुर पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । परिवर्तित अवस्थामा पार्टीको आगामी रणनीति बनाउन नेताहरु आन्तरिक परामर्शमा रहेका जसपा ठाकुर पक्षका नेता केशव झाले जानकारी दिनुभयो ।

    उहाँले निर्वाचन आयोगले आफ्नो प्रक्रिया पु¥याएर दल दर्तालाई औपचारिकता दिउञ्जेल पार्टीको आगामी कार्यदिशाबारे आपसी परामर्शमा नेताहरु क्रियाशील रहेको बताउनुभयो । निर्वाचन आयोगले ऐनअनुरुप नियमावली बनाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया अघि बढ्छ । आयोगमा निवेदन दिएका नयाँ दलको दर्ताको औपचारिकताका लागि कम्तीमा २५ दिनजति समय लाग्ने बताइन्छ ।

    सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरुले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । सो पार्टीको आयोगमा दर्ता नं ४३४ रहेको छ । जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित २४ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव गरेको छ ।

    सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम सबै विवरण राखी छुट्टै दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदनका साथ सङ्लग्न गरी पेश गरिएको अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित निवेदनमा भनिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.