सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोल्पाका अधिकांश सडक अवरुद्ध


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १३:१२ 
  • रोल्पा, ३ भदौ । वर्षात्सँगै जिल्लाका अधिकांश सडक अवरुद्ध हुँदा स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ ।

    ती स्थानबाट जिल्ला सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नु परेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने गर्दछ । सुनछहरी गाउँपालिका–४ स्युरीका हर्क घर्तीमगरका अनुसार सडक अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्नु परेको छ । बाटो मर्मत गर्न स्थानीय सरकारको अझैसम्म ध्यान नगएको उनीहरुको गुनासो छ ।

    यसैगरी जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या रहेको छ । शहीदमार्गको ट्याक खोलेको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् ।

    यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तिलक बुढामगरको भनाइ छ । उहाँले भन्नुभयो “सडक कालोपत्र हुने हल्ला सुनेको वर्षांै भयो खै के ले रोकेको छ ।” सडकको यस्तो अवस्थाले कतिखेर के हुने हो भन्न नसकिने अवस्था छ । वर्षात्का समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदका समयमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिहेको चालक लीला घर्तीमगरको भनाइ छ ।

    शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडक खण्डमा दिनहुँ सयौंको सङ्ख्यामा दुई पाङ्ग्रे तथा चार पाङुग्रे सवारीसाधन लामो तथा छोटो दूरीमा चल्ने गर्छ । शहीदमार्ग दाङबाट सुरु भई रोल्पाको होलेरी हँुदै थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी, त्रिवेणी, माडी, परिवर्तन र थवाङ गाउँपालिका तथा रोल्पा नगरपालिका, हुँदै रुकुम पूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ ।

    सो सडकमा वर्षाको समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि यस अगाडि भने बाटो अवरुद्ध हुनेगर्दछ । शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हँुदा स्थानीयवासीले पैदलयात्रा गर्न बाध्य भएका छन ।

    घर्तीगाउँबाट ४८ किमी दुरीमा रहेको रोल्पाको थवाङ सडक खण्ड वर्षातका समयमा बन्द हुँदा स्थानीयवासी घण्टौं लगाएर पैदलयात्रा गर्न विवश छन् ।

    शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ । रोल्पा जिल्लाको पूर्व–पश्चिम जोड्ने रामपुर कपुरकोट सडक खण्डमा पनि समस्या आउने गरेको बताइन्छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दीपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गा माटो र सडक मुनिबाट जाने पहिरोले सडकलाई प्रभावित गर्ने गर्दछ ।

    रामपुर कपुरकोट सडक खण्ड प्यूठान जिल्लाबाट सुरु भएर रोल्पा जिल्लाका सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यान जिल्लासम्म पुगेको छ । उक्त सडक सुनिलस्मृति गाउँपालिकाभित्र पूरै र रोल्पा नगरपालिकाको केही भाग कालोपत्र भइसकेको छ । माडी गाउँपालिका र गङ्गादेव गाउँपालिकामा कालोपत्रको काम अहिलेसम्म अघि बढेको छैन । यो सडक प्यूठानमा रहेको सडक पूर्वाधार विकास कार्यालयले हेर्ने गर्दछ ।

    बर्सेनि सडक स्तरोन्नतिको नाममा सरकारले करोडौं खर्च गर्ने भए पनि समस्या बारम्बार दोहोरिने गरेको छ । बजेट आएको सुन्दा साच्चै नै अब त सडक सुधार हुने भो भन्ने लाग्छ, बजेट सकिँदा सडक उस्ताको उस्तै देखिन्छ परिवर्तन गाउँपालिका– ६ का सूर्यप्रकाश बुढाले बताउनुभयो ।

    चुनावका समयमा विकासको लहर ल्याउछौ भन्ने नेताले सडक सुधारमा ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । स्थानीय सरकारको विकासको प्राथमिकतामा सडक देखिए पनि अव्यवस्थीत सडक खन्ने कामले विकास झन अस्त व्यस्त भएको नागरिकहरुको गुनासो छ । स्थानीय सरकारको वजेटबाट खनिने सडक अध्ययन विनै खनिने भएकाले वर्षातका सयममा ती सडकले नागरिकहलाई सास्ती दिने गरेको रोल्पा ४ का खट्कवहादुर बताउनुभयो । उहाँले भन्नुभयो “वातावरण प्रभाव मूल्यांकन नगरि खनिएका सडक नै मुख्य समस्याका रुपमा देखिएका छन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.