राष्ट्रिय
काठमाडौं,३१ साउन । माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् । विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट...
हुम्ला, ३१ साउन । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको...
गलकोट, ३१ साउन । बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ । बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक कालोपत्र भएको छैन । यही सडकमा घण्टौं सवारी...
जलेश्वर, ३१ साउन । भदौको तृतीयादेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक देखिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा बर्सेनि मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको शुरुवात भएसँगै सम्पूर्ण मिथिलाञ्चलमा रौनक देखिन शुरु भएको...
चितवन, ३१ साउन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा तस्करले मारेका छन् । निकुञ्जको माडी बगई सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको हो । साउन ११ गते मृत गैंडा फेला परेको भए पनि हालसम्म...
वाग्मती, ३१ साउन । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश...
कास्की, ३१ साउन । कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुयाइएको छ । पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए । सुरुआतमा...
परासी, ३१ साउन । दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको...
चितवन,३१ साउन । चितवनमा कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट निषेधाज्ञा थप कडा पार्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्माले संक्रमणदर बढ्दै गएकोले भदौ १ गतेबाट सार्वजनिक सवारी साधन बन्द गरिने संकेत...
चितवन,३१ साउन । पूर्बी चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा परिक्षण गरिएको भिसेराको नतिजा अझै आउन सकेको छैन । जसका कारण उनका परिवारले घटना के कारण भएको थियो भन्नेमा चित्तबुझ्दो जवाफ पाउन नसकेको जनाएका छन् । आज पूर्बी चितवनमा पत्रकार...














