राष्ट्रिय

कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी
-न्युजभित्तो

कैलाली, २ भदौं । कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६४ नमुना...

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै
-न्युजभित्तो

बुटवल,२ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले...

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि
-न्युजभित्तो

काठमाडौँ, २ भदौ  ।  केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्यो, कि त नगद नै दिनुपथ्र्यो । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका...

अफगानिस्तानबाट थप ७२ जना नेपाली आज काठमाडौं आइपुगे
-न्युजभित्तो

काठमाडौं,२   भदौ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाल आज आइपुगेका छन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ७२ जना आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।...

मिथिलाञ्चलमा राखी पर्वको रौनक-बज्न थाले माङ्गलिक धुन
-न्युजभित्तो

महोत्तरी, २ भदौ । महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ । मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल..१ ठूलठूला...

चितवनमा २४७ जनामा डेंगु र ३१८ जनामा स्क्रब टाइफसको संक्रमण, टाइफसको संक्रमण दोब्बर बढ्यो
-न्युजभित्तो

चितवन,२ भदौं । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । १ हजार ९ सय ८६ जनाको परिक्षण गरिएकोमा २ सय ४७ जनामा डेंगु देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार...

मेलम्चीको बाढीले थप तीन घर बगायो, अहिलेसम्म १११ घरटहरा बगिसक्यो
-न्युजभित्तो

सिन्धुपाल्चोक,२ भदौं । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी...

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध
-न्युजभित्तो

ललितपुर, २ भदौ । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन...

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, १० हजार संक्रमित
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २ भदौ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ। गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु...

पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध
-न्युजभित्तो

धादिङ, २ भदौ ।  त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । लगातार पानी परिरहेका...