सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाँस्य कलाकार शम्भुराज थापाको निधन


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार ११:१४ 
  • काठमाडौँ, ५ भदौ । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी दिनुभयो ।

    तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आउनुभएको थियो ।

    उहाँ हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित हुनुभएको थियो । यस्तै उहाँले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गर्नुभएको थियो । स्व थापाका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ । स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.