सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार १०:२२ 
  • मनाङ, ५ भदौ । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ ।

    राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पु¥याएपछि दुई महिनादेखि विद्युत्विहीन बनेको छ । अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताउनुभयो । उहाँका अनुसार सौर्य ऊर्जाले चलाइरहेकाले राष्ट्रिय प्रसारण लाइन मर्मत गरी विद्युत् आपूर्ति गर्न मर्मतको काम थालिएको छ ।

    सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । जिल्लामा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

    नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले प्रसारण लाइन मर्मत कार्य थालिएको बताउनुभयो । उहाँका अनुसार बाढीपहिराले प्रसारणमा रु एक करोड ७० लाख बराबरको क्षति पुगेको छ । बाढीले यहाँ जोड्ने राधी हाइड्रो–स्यार्कु ३३ केभी प्रसारण लाइनसहित स्याक्य्रु–चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा समेत क्षति पुगेको सुवेदीले जानकारी दिनुभयो ।

    बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटरका ११६ खम्बा र ५।६ किलोमिटरको ११ केभी लाइनका ८८ खम्बामा क्षति पु¥याएकोे छ । चार सय भोल्टका ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताउनुभयो । बाढीपहिराका कारण विभिन्न ठाउँमा सडक बगाएकाले खम्बा गाड्ने मार्गको पहिचान गर्न सकिएको छैन ।

    अहिले बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाले खम्बा, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालेको प्रमुख सुवेदीले बताउनुभयो । उहाँले लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

    लाइन मर्मत कार्य सुरु भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने उहाँले बताउनुभयो । नासों गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.