सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब भरतपुरमा अनलाइनबाटै घरनक्साको काम


  •    न्युजभित्तो/४ भाद्र २०७८, शुक्रबार १६:२६ 
  • चितवन,४ भदौं । भरतपुर महानगरले घर नक्साको काम अनलाइनबाट सुरु गरेको छ । महानगरले भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा बनेको सफ्टवेयरमार्फत अनलाइन सेवा सुरु गरेको हो ।

    भरतपुर–९ कि सुष्मा केसीलाई १५ दिने सूचना अनलाइन भवन निर्माण अनुमाति प्रकृया पोर्टलबाट दिइएको छ। अब सेवाग्राहीले घर बनाउँन निवेदन, इन्जिनियरले बनाइदिएका घरको डिजाइन अनलाइनबाटै पठाउन सक्नेछन् ।

    सूचीकृत भएका इन्जिनियरले बनाएका घरको डिजाइन मात्रै सफ्टवेयरमा प्रविष्ट हुन्छन् । निवेदन तथा डिजाइन स्वीकृत भएको सूचनासमेत सफ्टवेयरमै देखिने छ । जसका लागि युजर नेम र पासवर्ड परामर्शदाता मार्फत सेवाग्राहीले पाउनेछन् ।

    अनलाइनमा इन्ट्री गर्दा कागजपत्र तथा विवरण अपुग भएमा त्यसको जानकारीसमेत अनलाइनबाटै दिइनेछ । त्यस्तै यसअघि सफ्टवेयरबाट ललितपुर, काठमाडौं महानगर र बुटवल उपमहानगरले सेवा दिइसकेका छन् ।

    सहरी तथा पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर रत्नप्रसाद लामिछानेले भवन निर्माण आचारसंहिता कार्यान्वयनमा यसले सहयोग पुग्ने बताए । उनले अब घर बनाउन महानगरनै धाउनुपर्ने बाध्यता हट्ने बताए ।

    सरकारले डिजिटल हस्ताक्षरलाई मान्यता नदिँदासम्म भने हार्डकपी प्रयोग गर्नुपर्नेछ । महानगरमा हालसम्म करिब ७० हजार घर मापदण्डअनुसार बनेका छन् ।

    एनसेटका इन्जिनियर सुमन प्रधानले अनुगमन तथा अभिलेखीकरण गर्न सफ्टवेयरले सघाउने बताए । मेयर रेनु दाहालले सेवा छिटोछरितो बनाउन अनलाइन सेवा महत्त्वपूर्ण हुने बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.