सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार ११:२० 
  • कास्की, ५ भदौ । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट ९बत्ती० राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो ।

    रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रङ्गशालामा लाइट अनिवार्य छ । पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रङ्गशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक पटक राखेपको ध्यानाकर्षण गराएका थिए ।

    क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण नाथ योगीले रु पाँच करोड बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर ‘फ्लड लाइट’ जडानको काम सुरु हुने बताउनुभयो । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ । उहाँले भन्नुभयो, “फिफाको नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लाइट अनिवार्य छ, यस वर्ष सोका लागि राखेपको रातो किताबमा बजेट विनियोजन भएर आएको छ, यसै वर्ष काम हुन्छ ।”

    जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले ‘फ्लड लाइट’ जडानसँगै पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि ढोका खुल्ने बताउनुभयो । साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र सो नहुँदासम्म फिफाले स्वीकृति प्रदान नगर्ने भएकाले दु्रतगतिमा काम हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “फ्लड लाइट’ भएपछि रङ्गशालामा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र अन्य प्रतियोगिता गर्न बाटो खुल्नेछ ।” अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ । सोह« हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ ।

    यसैगरी अति विशिष्ट कक्षको प्यारापिटमा छानो छाउने काम सकिएको निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस् एण्ड एमएम कन्स्ट्रक्सनका इञ्जिनियर पुरुषोत्तम बरालले बताउनुभयो । रङ्गशालामा अहिले खेलाडी बस्ने कक्ष९प्लेयर बक्स०,चेञ्जिङ रुम र प्रि इञ्जिनियरिङ भवनको फिनिसिङ तथा रङरोगनको काम भइरहेको छ । इञ्जिनियर बरालले भन्नुभयो, “आगामी अक्टोबरभित्रमा फुटबल रङ्गशालाको सम्झौताअनुसारको सबै काम सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छौँ ।”

    पोखरामा चार दशकअघि निर्माण गरिएको फुटबल रङ्गशालाको प्यारापिट विसं २०७२ को भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण सुरु गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.