अन्तर्राष्ट्रिय

श्रीलङ्का आक्रमण : गिर्जाघर र होटलमा भएका विस्फोटनमा दुई सय जनाभन्दा बढीको मृत्यु (अपडेट)

श्रीलङ्का बीबीसी श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा...

श्रीलङ्का आक्रमण : कम्तीमा एक सयको मृत्यु, दुई सय भन्दा बढी घाइते (अपडेट)

(बीबीसी) श्रीलङ्का । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दर्जनौँ मानिसहरू हताहत भएको विवरण प्राप्त भएको छ । आइतबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए । बीबीसी सिंहला सेवाले कोलम्बोबाट प्राप्त जानकारीका आधारमा...

श्रीलङ्काकामा श्रृङ्खलाबद्ध बिस्फोट, ५२ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवम् गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या ५२ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च...

भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीसमाथि यौन दुर्व्यवहारको आरोप

नयाँ दिल्ली भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उहाँकै एक जना पूर्व सहयोगी (जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् । प्रधान न्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न...

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

बेरुत इस्लामिक स्टेट (आइएस)सँग आवद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । बेलायतस्थित सिरियाली मानव...

पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

हेलेन ब्रिग्स बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो। ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै...

भारतमा थप दुई नक्सलवादी मारिए

भारत भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सलवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् । लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी...

अमेरिकामा पत्रकारमाथि हत्याको धम्की बढ्यो

पेरिस प्रचारमुखी र अधिनायकवादी नेताहरुले पत्रकार विरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाहरुका कारण विश्वभर नै पत्रकारहरु हिंसाको चपेटामा पर्ने गरेको सञ्चार माध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले जनाएको छ । आरएसएफले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता सूचकमा...

बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु

लिस्बन पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएको दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन् । उनले घटनामा परी मृत्यु भएकाहरुको...

नोट्र-डाम आगलागी: आगो निभाइयो, पुनर्निर्माणका लागि दानको ओइरो

बिबिसी फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले भीषण आगलागीबाट आंशिक रूपमा क्षति पुगेको प्यारिसस्थित विख्यात मध्ययुगीन गिर्जाघर, नोट्र-डाम कथिड्रल,लाई पुन:निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। ढुंगाबाट निर्मित ८५० वर्ष पुरानो उक्त गोथिक शैलीको भवनलाई पूर्ण रूपमा नष्ट हुनबाट अग्निनियन्त्रकहरूले जोगाएका छन् तर त्यसको...