सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिरियाको द्वन्द्व समाधानका लागि कजाकिस्तानमा वार्ता


  •    /१२ बैशाख २०७६, बिहीबार १७:४६ 
  • नुर–सुल्तान ।

    कजाकिस्तानको राजधानी नुर–सुल्तानमा सिरियामा जारी द्वन्द्वको उपयुक्त समाधानको उपाय पहिल्याउने उद्देश्यले छलफल गर्न इरान, रुस र टर्कीका प्रतिनिधिहरु भेला भएका छन् । तीन ओटा शक्ति राष्ट्र र सिरिया सरकारका प्रतिनिधिहरु पनि नुर–सुल्तान आइपुगेका कजाकिस्तानका विदेश मन्त्रीले पुष्टि गर्नु भएको छ । शुक्रबार दिनभर वार्ता हुने बताइएको छ ।
    सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूत गेइर पेडर्सन पनि वार्तामा सहभागी हुन लाग्नु भएको विदेश मन्त्रालयले जानकारी दिएको छ । अल–कायदा आवद्ध हायत ताहरिर अल शाम नामक लडाकू समूहले नियन्त्रणमा लिएको सिरियाको उत्तरपूर्वी क्षेत्र इद्लिबको अवस्थाका बारेमा पनि छलफल हुने अनुमान गरिएको छ । कजाकिस्तानको राजधानीको नाम गत महिनासम्म अस्ताना थियो ।
    हालै मात्र सत्ता छोड्न लाग्नु भएका राष्ट्रपतिको नाममा नुर–सुल्तान नामकरण गरिएको छ । दमास्कसलाई मद्दत गर्ने उद्देश्यले सन् २०१५ मा रुसले सिरियामा सैन्य हस्तक्षेप गरेपछि देशको दुई तिहाई भूभाग पुनः सत्तापक्षको नियन्त्रणमा आएको छ । सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो ।
    सो जनआन्दोलन अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गएपछि केही समयमा नै आन्दोलन गृहयुद्धमा परिणत भएको थियो । सन् २०११ देखि हालसम्म जारी सो द्वन्द्वमा परी ३ लाख ७० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
    गृहयुद्धमा परी दशौं लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थीको रुपमा विस्थापित भएका छन् । त्यसैगरी लाखौं मानिस घाइते भएका छन् । सरकारी तथ्याङ्कअनुसार सर्वसाधारणको हताहतको सङ्ख्या सानो भएको र अझ बढी व्यक्ति प्रभावित भएको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् । (रासस-एएफपी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.