सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीलङ्का आक्रमण : गिर्जाघर र होटलमा भएका विस्फोटनमा दुई सय जनाभन्दा बढीको मृत्यु (अपडेट)


  •    /८ बैशाख २०७६, आईतवार १८:१८ 
  • श्रीलङ्का

    बीबीसी
    श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए । त्यसपछि पनि थप दुईवटा विस्फोटन भएको समाचार प्राप्त भएको छ । ती विस्फोटनमा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइएको छ ।
    समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ । यसअघि श्रीलङ्काको प्रधानमन्त्री कार्यायले १६० जनाको मृत्यु भएको पुष्टि गर्दा तीमध्ये नौ जना विदेशी रहेको बताएको थियो।

    कर्फ्यू र पक्राउ
    बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार विभिन्न स्थानबाट घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको छ ।
    रक्षामन्त्रीलाई उद्धृत गर्दै उनले अधिकांश घटनाहरू आत्मघाती आक्रमण भएका र ती सबै एउटा समूहले गराएको जनाएका छन् ।

    सुरक्षाकर्मीहरूले केही स्थानमा छापा मारेका छन् ।

    घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन् ।
    श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म कर्फ्यू लगाइएको छ ।

    कहाँ भयो विस्फोटन ?

    विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए ।

    मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए ।
    पछि देहिवाडाको एउटा सानो होटलमा पनि विस्फोटन भएको र त्यहाँ दुई प्रहरीको मृत्यु भएको बताइएको छ ।
    आठौँ विस्फोटन भने डेमाटागोडामा भएको थियो ।

    समाचारसंस्था एफएफपीका अनुसार सो घटना आत्मघाती आक्रमण थियो र त्यसमा परेर तीन प्रहरीको पनि मृत्यु भयो ।

    श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन् ।

    प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाको निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन्।

    श्रीलङ्काका अर्थमन्त्री मङ्गल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोटन गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

    कसले गरायो विस्फोटन?
    अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । तर श्रीलङ्काका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई “आतङ्ककारी घटना“ भन्दै दोषी चिनिसकिएको बताएका छन् ।

    उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन् । ‘हामी आवश्यक कारबाही गर्छौँ । उनीहरू जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि हामी छौड्दैनौँ’ उनले भने–‘यो घटनाका दोषीहरूलाई यथाशीघ्र समातिनेछ। उनीहरूलाई चिनिसकिएको छ ।’

    कस्तो छ सुरक्षा ?
    सरकारले विस्फोटनपछि विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाएको छ । कर्फ्यू घोषणा गर्नुअघि नै सरकारले दुई दिन सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

    इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन् । प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.