सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?


  •    /७ बैशाख २०७६, शनिबार ११:१६ 
  • हेलेन ब्रिग्स

    बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू।

    ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो।

    ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहेको वैज्ञानिकहरूले बताएका छन्।

    त्रिपन्न सय वर्षअघि ओएट्जी जीवित थिए। उनको मृत्यु एउटा जमेको हिमतालमा भयो।

    सन् १९९१ मा फेला नपर्दासम्म उनको शरीर हजारौँ वर्ष त्यहीँ सुरक्षित रह्यो।

    मृत्यु हुनुभन्दा अघि उनले खाएका कुरासहित वैज्ञानिकहरूले ओएट्जीका जीवनका विभिन्न पाटाहरू पत्ता लगाएका छन्।

    उनीहरूका अनुसार ती हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र विषालु उन्यू खाएका थिए।

    कति चिल्लो ?
    उनको खानामा चिल्लो पदार्थ ५० प्रतिशत थियो। त्यो मात्रा औसत आधुनिक खानामा हुने १० प्रतिशत भन्दा अत्यधिक हो।

    ‘हिममानवले सिकार गर्ने गरेको उचाइलाई ध्यानमा राख्ने हो भने तपाईँलाई त्यस्तै किसिमको ऊर्जा आवश्यक पर्छ’, युर्‍याक रिसर्च इन्स्टिच्युट फर मम्मी स्टडिज, इटलीका डाक्टर फ्रान्क माइक्स्नर भन्छन्।

    ‘त्यस्तो कठिन वातावरणमा बाँच्न आवश्यक ऊर्जा पाउने उत्तम उपाय भनेको चिल्लोपदार्थ खाएर नै हो।’

    यसले हाम्रा पुर्खाहरूको खानेकुराबारे के भन्छ ?
    ‘करेन्ट बायोलोजी’ भन्ने जर्नलमा प्रकाशित सो अध्ययनले ताम्रयुगमा कस्तो खाना हुन्थ्यो भन्ने दुर्लभ झल्को दिन्छ।

    हिममानवको खान्कीको पहिला पनि विश्लेषण भएको हो तर यसरी विस्तृत रूपमा भने गरिको थिएन। यो अनुसन्धान चाहिँ उनको पेटमा रहेका वस्तुमा आधारित छ।

    उनको शरीर प्राकृतिक रूपमै सुकेर एवम् खुम्चिएर कालान्तरमा परिरक्षित हुँदा पेट भने स्वाभाविक स्थानमा थिएन। त्यसैले उनको पेट भर्खरै पत्ता लाग्यो।

    उनको पेटमा रहेको चिल्लो दूधजन्य पदार्थबाट नआएको बरू युरोपको एल्प्स पर्वतमालामा बस्ने जङ्गली बाख्राको एउटा प्रजाति एल्पाइन आइबेक्सको रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

    ‘हिममानवको खानामा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थको सम्मिश्रण थियो’, माइक्स्नरले भने।

    ‘आश्चर्यजनक कुरा चाहिँ उनले खाएको धेरै मात्राको चिल्लोपनानै हो।’

    पोषणयुक्त, तर स्वाद कस्तो ?

    ओएट्जी यही खानाको भरमा हिउँमा हिँड्न सके होलान् तर त्यो खासै स्वादिलो नभएको हुनसक्छ।

    ‘बाख्राको बोसोको स्वाद कस्तो थियो भनेर कल्पना गर्न कठिन छ’, डाक्टर मेइक्सनरले भने– ‘यो पक्कै पनि हिजोआज हामीले खानेजति स्वादिलो हुँदैनथ्यो।’

    ‘त्यतिबेला नुन पनि हुन्नथ्यो भन्ने कुरा ख्याल गर्ने हो भने मासुको स्वाद, चिल्लो खानेकुरा सोच्दा मलाई लाग्छ यो मुस्किलले खान सकिन्थ्यो।’

    ती हिममानवले प्रशोधित खानेकुरामा भर पर्नु नपर्ने भए पनि उनको खानामा नकारात्मक पक्ष पनि थियो।

    मृत्यु हुँदा उनका रक्तनलीहरू बन्द भएका सङ्केतहरू देखिएका छन्।

    उनको मृत्यु लडाइँ गर्दागर्दै भएको हुन सक्छ। किनभने उनले तामाको हतियार बोकेका थिए र उनको शरीरमा कैयौँ घाउहरू भएका थिए।

    हिममानवले जडीबुटी खान्थे ?

    अनुसन्धानकर्ताहरूले उनको पेटमा एक किसिमको उन्यू भेटेका थिए।

    यसलाई ती हिममानवले जडीबुडी प्रयोग गरेको सङ्केतका रूपमा बुझ्न सकिन्छ।

    अथवा उनले उन्यूका पातमा खानेकुरा बेरेको पनि हुनसक्छ। त्यसो गर्दा दुर्घटनावश उन्यूको विषालु बीउ उनको पेटमा पुगेको हुनसक्छ।

    उनले मासु आलै वा सुकुटी बनाएर खाएको हुनसक्छ।

    (बीबीसी न्यूजबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.