सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीसमाथि यौन दुर्व्यवहारको आरोप


  •    /७ बैशाख २०७६, शनिबार २१:०९ 
  • नयाँ दिल्ली
    भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उहाँकै एक जना पूर्व सहयोगी (जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् ।

    प्रधान न्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने दुर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भनी आरोपको खण्डन गरेका छन् ।

    पूर्व सहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ बर्षीय महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई शुक्रबार पत्र लेखी आफूलाई गगोईले सरकारी निवासस्थित कार्यालयमा गत बर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छन् ।

    यस क्रममा प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहेको र यसको पछाडि कुनै ठूलो शक्तिको हात रहेको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
    गोगोईले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको दावी गरे। उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको बताउँदै यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने बताए।

    उनले भने, “यस्तो अवस्थामा काम गर्नु प¥यो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन् ।”

    साथै प्रधान न्यायाधीश गगोइले उक्त महिलाको आपराधिक पृष्ठभूमि भएको बताएका छन् । उनले भने, “उक्त महिलालाई सर्वोच्चमा कसरी जागीर मिल्यो ? जबकी उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ ।”

    महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन् ।
    एएफपीले प्राप्त गरेको पत्रमा महिलाले भनेकी छन्, “उहाँले मलाई मेरो कम्मरमा समात्नुभयो र शरिरका सबै अङ्गमा हात लगाउनुुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो ।”

    उनले भनिन्, “उहाँले मलाई पनि उहाँको शरिरमा अँगालो हाल्न भनेको र उम्कने प्रयास गर्दा चरप्प समातेर राख्नुभयो । यो यौन दुव्र्यवहारको प्रयास थियो ।”

    प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाई भएको छ ।

    शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीश सहितको एक विशेष वेञ्चमा सुनुवाई हुने बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.