सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकामा पत्रकारमाथि हत्याको धम्की बढ्यो


  •    /६ बैशाख २०७६, शुक्रबार १२:४५ 
  • पेरिस
    प्रचारमुखी र अधिनायकवादी नेताहरुले पत्रकार विरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाहरुका कारण विश्वभर नै पत्रकारहरु हिंसाको चपेटामा पर्ने गरेको सञ्चार माध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले जनाएको छ ।

    आरएसएफले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता सूचकमा पत्रकारहरुलाई सुरक्षित वातावरणमा काम गर्न पाउने मुलुकहरुको संख्या निरन्तर ओरालो लागेको देखिएको छ ।

    सञ्चार माध्यम विरुद्ध राजनीतिक नेताहरुको जबर्जस्त शत्रुताले हिंसालाई प्रश्रय दिएको छ । प्रतिवेदनमा भनिएको छ– यही शत्रुताले पत्रकारहरुका लागि त्रास र खतराको स्तर दुबैमा व्यापक रुपमा बढेको छ ।

    “यदि राजनीतिक बहस गृहयुद्धकै जस्तो वातावरणतर्फ उन्मुख हुने हो भने लोकतन्त्र अझ बढी खतरामा पर्ने निश्चित छ,” आरएसएफका प्रमुख क्रिस्टोफर डिलोआयरले बताए ।

    विश्वका १८० राष्ट्रमध्ये एक चौथाईभन्दा कम मुलुकमा मात्र प्रेस स्वतन्त्रताको अवस्था राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्तराज्य अमेरिकाको प्रेस स्वतन्त्रताको अवस्था केही खस्किएर ४८औं स्थानमा पुगेको छ ।

    प्रतिवेदनमा अमेरिकी राष्ट्रपतिको प्रेसमाथिका टिप्पणी निकै तुच्छ र महिला एवं रङ्गका आधारमा उत्पीडनयुक्त रहेको जनाइएको छ ।

    “अमेरिकी इतिहासमा पत्रकारमाथि हत्याको धम्की यतिबिधि संख्यामा विगतमा कहिल्यै आएको थिएन र सुरक्षाका लागि पत्रकारहरुले निजी सुरक्षा फर्मको सहयोग लिनु पर्ने अवस्था आएको छ,” प्रतिवेदनमा भनिएको छ । “सञ्चार माध्यममाथिको घृणा व्यापक रहेको उदाहरण गत जुन महिनाको एउटा घटनाबाट पनि पुष्टी हुन्छ । एकजना बन्दुकधारी म्यारील्यान्ड राज्यको अन्नापोलिसस्थित क्यापिटल ग्याजेटको समाचारकक्षमा प्रवेश गरेका ती बन्दुकधारीले चार जना पत्रकार एवं अर्का एक जना कर्मचारीको दिनदहाडै हत्या गरेका थिए ।”

    पेरिसमा मुख्यालय रहेको आरएसएफले आफूलाई निकै शक्तिशाली बताउने नेताहरुले आफ्ना सबै सीमा बिर्सन खोजेको जनाएको छ । साउदी पत्रकार जमाल खशोग्जीको जघन्य हत्यामा संलग्नलाई जोगाउन विश्वका शक्तिशाली नेताहरु नै उद्यत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनिने भारतको अवस्था पनि दुई अंकले घटेको छ । पछिल्लो विवरणमा भारत १४०औं स्थानमा पुगेको छ । भारतमा गत वर्ष ६ जना पत्रकार मारिएका थिए । भारतीय सत्तारुढ पार्टीको विरोध गर्नेमाथि भारतीय अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत “भारत विरोधी” भन्दै प्रताडित गरिएको छ ।

    सबैभन्दा बढी पत्रकार थुनामा रहेको टर्की पत्रकारहरुका लागि सबैभन्दा खराब मुलुक हो । दमनका लागि चर्चा कमाएको रुसको अवस्था पनि अझ कमजोर हुँदै १४९औं स्थानमा पुगेको छ ।

    ताजिकिस्तानमा सबैजस्तो स्वतन्त्र मिडियालाई बन्द गर्न बाध्य पारिएको छ । यही अवस्था लिबिया, इजिप्ट, अजरबैजान र तुर्कमेनिस्तानको पनि छ ।

    पत्रकारहरुका निम्ति सबैभन्दा राम्रो अवस्था स्कान्डेनिभियाली मुलुकहरुमा रहेको छ । नर्वे, फिनल्यान्ड र स्वीडेनको अवस्था उत्कृष्ट तीनमा रहेको छ । (एएफपीबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.