समाज

वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका एक नेपाली युवाको निधन
-न्युजभित्तो

लिस्बन,७ जेष्ठ। वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको...

ग्राहकको पैसा हिनामिना गरेको आरोपमा एभरेस्ट बैकका म्यानेजरसहित ९ जना पक्राउ
-न्युजभित्तो

विराटनगर, ६जेठ । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जना पक्राउ परेका छन् । ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । ग्राहकको...

आगामी तीनदिन सम्म पानी पर्ने सम्भावना
-न्युजभित्तो

काठमाडौं, ६ जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशका पहाडी भूभागहरूको मौसम सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको...

भरतपुर महानगरपालिकाले प्रहरी कार्यालयलाई दियो खोज तथा उद्दार सामाग्री
-न्युजभित्तो

चितवन,५ जेठ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । भरतपुर महानगरपालिकाले खोज...

भरतपुर कारागारलाई एक लाख ५० हजारको औषधि सहयोग
-न्युजभित्तो

 चितवन,५ जेठ। कारागार कार्यालय भरतपुरलाई एक लाख ५० हजारको औषधि सहयोग भएको छ । बजेट अभावका कारण बिरामी कैदीबन्दिलाई औषधि किन्न समस्या भए पछि नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ नारायणगढ इकाईले औषधि सहयोग गरेको हो । इकाईले बिभिन्न...

६ किसान संगठनसम्बद्ध बागमती प्रदेशस्तरीय संघर्ष समिति गठन
-न्युजभित्तो

काठमाडौँ,५ जेष्ठ। ६ किसान संगठनसम्बद्ध बागमती प्रदेशस्तरीय संयुक्त संघर्ष समिति गठन गरिएको छ । हिजो बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सम्पन्न प्रशिक्षण प्रशिक्षणात्मक भेलाले सो समिति गठन गरेको हो । भेलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल...

मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै
-न्युजभित्तो

जलेश्वर,५ जेष्ठ। पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो...

रकम अभावले रोकियो प्रदर्शनी केन्द्रको स्तरोन्नति
-न्युजभित्तो

चितवन,४ जेठ। देशकै ठूलो चितवन प्रदर्शनी केन्द्रको आवश्यक रकम अभावमा स्तरोन्नति रोकिएको छ । गेष्ट हाउस, सचिवालयका लागि भवन, फायर फाइटिङ (अग्नी नियन्त्रक यन्त्र) को काम अझै बाँकी छ । आवश्यक संरचना विस्तार गर्न नसकेको कारण पनि अपेक्षित लाभ...

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ
-न्युजभित्तो

चितवन,४ जेठ । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार...

विद्यालय जाँदै गर्दा ट्र्याक्टरबाट खसेका दिदीबहिनीको मृत्यु
-न्युजभित्तो

पाँचथर, ३ जेठ । पाँचथरमा ट्र्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थीको मृत्यु भएको छ । बिहान मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवा भन्ने ठाउँमा मे १ त २९६१ नम्बरको ट्र्याक्टरबाट खसेर विद्यालय जाँदै गरेका दिदीबहिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा...