सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाले प्रहरी कार्यालयलाई दियो खोज तथा उद्दार सामाग्री


  •    न्युजभित्तो/५ जेष्ठ २०८०, शुक्रबार १६:४५ 
  • चितवन,५ जेठ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।

    भरतपुर महानगरपालिकाले खोज तथा उद्दारमा प्रयोग हुने ६ लाख ६६ हजार ३ सय ८३ रुपैयाँको २२ प्रकारको सामान तथा औजार हस्तान्तरण गरेको छ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेकाले खोज तथा उद्दार कार्यमा सहयोग पुराउन अति आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । भरतपुरमा गर्मी समयमा आगलागी र दुई ठुला नदीमा बाढीको जोखिम रहेकाले खोज तथा उद्दारको कार्यमा महानगरपालिकाले सक्दो सहयोग पुराउने उल्लेख गर्नुभयो । दाहालले विपद् व्यवस्थापनको लागि सरोकारवालासँग समन्वय गरी अगाडि बढेको बताउनुभयो । महानगरबासीलाई सुरक्षित राख्न महानगर सधै अग्रसर रहने उहाँको भनाई छ ।

    यसैबीच खोता खोरमा उल्लेखिय कार्य गर्ने प्रहरीलाई महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान पनि गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.