चितवन,५ जेठ। कारागार कार्यालय भरतपुरलाई एक लाख ५० हजारको औषधि सहयोग भएको छ । बजेट अभावका कारण बिरामी कैदीबन्दिलाई औषधि किन्न समस्या भए पछि नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ नारायणगढ इकाईले औषधि सहयोग गरेको हो । इकाईले बिभिन्न ३१ प्रकारका औषधि आज (शुक्रबार) कारागार प्रसासनलाई हस्तान्तरण गरेको थियो ।
इकाईका अध्यक्ष धर्मदत्त दवाडीले कारागार प्रमुख कमल प्रसाख आचार्यलाई औषधि हस्तान्तरण गर्नुभएको हो । बिगत साढे एक महिना देखि कारागार प्रशासनमा औषधिको अभाव रहेको आचार्यले बताउनुभयो । दीर्घरोगी र अन्य बिरामीहरुका लागि आबश्यक औषधि समेत खरिद गर्न नसक्ने अबस्थामा कारागार प्रशासन पुगेको आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले बिरामीलाई औषधि पु¥याउन मुस्किल परेको छ ।” कारागार विभागले अघिल्ला वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।
कारागारमा हाल ४७ जना महिला चार जना नाबालक÷नाबालिका सहित ७५६ जना कैदीबन्दी छन् । तिनीहरु मध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाईराईड, क्यान्सर, मिर्गौल जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधि खुवाउनु पर्ने हुन्छ । यसका अतिरिक्त समय समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नु पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कारागार विभागले औषधि उपचारका लागि चालु आर्थिक वर्षका लागि रु.१२ लाख मात्रै बजेट पठाएको छ ।
अघिल्लो वर्ष रु.२५ लाख पठाएको थियो । त्यसभन्दा अघिल्लो वर्ष रु.४८ लाख पठाएको भन्दै उहाँले बजेट घट्दै जाँदा कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । आएको वजेटमा समेत आर्थिक मन्दिका कारण २० प्रतिशत कटौती भएको उहाँले जानकारी दिनुभयो । औषधिको चरम अभाव भएपछि रु.१५ लाख माग गरेकोमा रु.२ लाख मात्रै प्राप्त भएको आचार्यले जानकारी दिनुभयो । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखा संग समन्वय गरेर केही औषधि जुटाएको छ । कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरुले आफैले औषधि किनेर खान थालेका छन् ।
विपन्नहरुलाई औषधि खान समस्या परेको छ । उहाँका अनुसार सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन । नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ नारायणगढ इकाईका अध्यक्ष धर्मदत्त दवाडीले मार्केटिङ् गर्दा बाकी रहेको औषधि संकलन गरी ७५ प्रतिशत कारागारको माग पुरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा ३१ प्रकारका औषधिको कमी रहेछ । हामीले ३१ प्रकारको नै उपलबध गराएका छौं । तर मात्रा भने कम छ उहाँहरुको माग भन्दा २५ प्रतिशत कम छ ।”