सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर कारागारलाई एक लाख ५० हजारको औषधि सहयोग


  •    न्युजभित्तो/५ जेष्ठ २०८०, शुक्रबार १३:३३ 
  •  चितवन,५ जेठ। कारागार कार्यालय भरतपुरलाई एक लाख ५० हजारको औषधि सहयोग भएको छ । बजेट अभावका कारण बिरामी कैदीबन्दिलाई औषधि किन्न समस्या भए पछि नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ नारायणगढ इकाईले औषधि सहयोग गरेको हो । इकाईले बिभिन्न ३१ प्रकारका औषधि आज (शुक्रबार) कारागार प्रसासनलाई हस्तान्तरण गरेको थियो ।

    इकाईका अध्यक्ष धर्मदत्त दवाडीले कारागार प्रमुख कमल प्रसाख आचार्यलाई औषधि हस्तान्तरण गर्नुभएको हो । बिगत साढे एक महिना देखि कारागार प्रशासनमा औषधिको अभाव रहेको आचार्यले बताउनुभयो । दीर्घरोगी र अन्य बिरामीहरुका लागि आबश्यक औषधि समेत खरिद गर्न नसक्ने अबस्थामा कारागार प्रशासन पुगेको आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले बिरामीलाई औषधि पु¥याउन मुस्किल परेको छ ।” कारागार विभागले अघिल्ला वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।

    कारागारमा हाल ४७ जना महिला चार जना नाबालक÷नाबालिका सहित ७५६ जना कैदीबन्दी छन् । तिनीहरु मध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाईराईड, क्यान्सर, मिर्गौल जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधि खुवाउनु पर्ने हुन्छ । यसका अतिरिक्त समय समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नु पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कारागार विभागले औषधि उपचारका लागि चालु आर्थिक वर्षका लागि रु.१२ लाख मात्रै बजेट पठाएको छ ।

    अघिल्लो वर्ष रु.२५ लाख पठाएको थियो । त्यसभन्दा अघिल्लो वर्ष रु.४८ लाख पठाएको भन्दै उहाँले बजेट घट्दै जाँदा कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । आएको वजेटमा समेत आर्थिक मन्दिका कारण २० प्रतिशत कटौती भएको उहाँले जानकारी दिनुभयो । औषधिको चरम अभाव भएपछि रु.१५ लाख माग गरेकोमा रु.२ लाख मात्रै प्राप्त भएको आचार्यले जानकारी दिनुभयो । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखा संग समन्वय गरेर केही औषधि जुटाएको छ । कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरुले आफैले औषधि किनेर खान थालेका छन् ।

    विपन्नहरुलाई औषधि खान समस्या परेको छ । उहाँका अनुसार सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन । नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ नारायणगढ इकाईका अध्यक्ष धर्मदत्त दवाडीले मार्केटिङ् गर्दा बाकी रहेको औषधि संकलन गरी ७५ प्रतिशत कारागारको माग पुरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा ३१ प्रकारका औषधिको कमी रहेछ । हामीले ३१ प्रकारको नै उपलबध गराएका छौं । तर मात्रा भने कम छ उहाँहरुको माग भन्दा २५ प्रतिशत कम छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.