समाज

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
-न्युजभित्तो

म्याग्दी, १५ वैशाख । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख नाकामा पर्ने पर्वत बेनीमा सडक...

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
-न्युजभित्तो

चौतारा (सिन्धुपाल्चोक), १५ वैशाख । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको हुनुभयो । उहाँको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ । पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा...

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
-न्युजभित्तो

जानकी (बाँके), १५ वैशाख । नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा...

दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
-न्युजभित्तो

गण्डकी, १५ वैशाख । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं दयाशङ्कर पालिखेको परिवारद्वारा स्थापित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे पत्रकारिता सम्मानबाट राससका वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । प्रतिभा छनोट...

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
-न्युजभित्तो

चितवन, १५ वैशाख । यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका...

बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
-न्युजभित्तो

बागमती, १५ वैशाख । क्षमताभन्दा बढी बाल कैदीबन्दी भएपछि मकवानपुरको हेटौँडास्थित बालसुधार गृहमा समस्या भएको छ ।  न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरु खचाखच राख्नुपर्ने बाध्यताका कारण बालसुधार गृह समस्यामा परेको हो ।...

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
-न्युजभित्तो

महेन्द्रनगर, १५ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ । गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरुमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ । “प्रायः तालहरु गर्मीका कारण सुकिरहेको भएपनि सोलार जडान...

बाख्रापालनबाट स्वरोजगार
-न्युजभित्तो

म्याग्दी, १५ वैशाख । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थाल्नुभएको छ । पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
-न्युजभित्तो

कञ्चनपुर, १५ वैशाख । यहाँको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा...

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र
-न्युजभित्तो

चितवन, १५ वैशाख । जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो । नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै...