समाज

कोरोना प्रभावले आहत भएकालाई लायन्सको राहत
-न्युजभित्तो

चितवन । कोरोना भाईस (कोभिड १९) का कारण आहतमा रहेकालाई लायन्स क्लबहरुले राहत वितरण गरिरहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना रोग रोकथाम, नियन्त्रण, उपचार र राहतको काममा नेपालका लायन्स क्लबहरुले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका हुन् । लायन्स क्लबहरुले...

लकडाउन ठाउँअनुसार खुकुलो वा कडा बनाउन राष्ट्रिय सरोकार समितिले दियो सरकारलाई सुझाव
-न्युजभित्तो

काठमाण्डौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोनाको जोखिम हेरेर लकडाउन ठाउँअनुसार खुकुलो वा कडा बनाउन सरकारलाई सुझाव दिएको छ । समितिको शुक्रबार काठमाण्डौंमा बसेको बैठकले कोरोना भाइरस (कोभिड– १९)को जोखिमलाई मध्यनजर गर्दै घोषित लकडाउनलाई स्थान विशेषअनुसार रेड,...

तत्कालिन समस्या समाधान गर्न आफै सक्षम : पत्रकार महासंघ चितवन
-न्युजभित्तो

चितवन । नेपाल पत्रकार महासंघ चितवनले जिल्लाका सञ्चारकर्मीहरुको तत्कालिन समस्या समाधान गर्न आफै सक्षम रहेको जनाएको छ । महासंघका अध्यक्ष राधेश्याम खतिवडाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी संकटको समयका लाग राहत स्वरुप आर्थिक र जिन्सी सामग्री संकलन गर्नु नपर्ने जनाउनु...

आज आमाको मुख हेर्ने पर्व, आमाप्रति श्रद्धाअर्पण गरी आशिर्वाद लिइँदै
-न्युजभित्तो

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट...

चरम खाद्यान्न अभावको समस्या दोब्बर हुनसक्छ : संयुक्त राष्ट्रसंघ
-न्युजभित्तो

पेरिस । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्न अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी)ले मङ्गलबार...

चितवनको इच्छाकामना गाउँपालिका, जसले हजार पैदलयात्रीको उद्धार गर्यो
"गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ सहयोगका लागि निरन्तर खटिरहेकी छिन् "
-न्युजभित्तो

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले केन्द्र सरकारको निर्देशनानुसार पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग हुँदै घर जान हिँडेका पैदलयात्रीलाई इच्छाकामना गाउँपालिकाले खाजा खुवाउँदै गाडी चढाएर घरतर्फ पठाउँदै गरेको छ । लकडाउनका...

तरकारी र फलफूलमा कोरोना सङ्क्रमणको सम्भावना र स्यानिटाइज गर्ने घरेलु उपाय
-न्युजभित्तो

विशाल गिरी यतिबेला विश्वमा कोरोनाभाइरस (कोभिड–१९)को महामारी छ । नेपालमा पनि यसको सङ्क्रमण देखिएको छ र यसको उपचार र रोकथामका लागि सरकार, चिकित्सक, स्वास्थ्यकर्मीलगायत सरोकार पक्ष जुटिरहेका छन् । कोरोनाभाइरसबाट बच्न हामी लकडाउनमा बसिरहेका छौँ र सकेको उच्च सतर्कता पनि...

ग्रहिका पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : खगोलविद्
-न्युजभित्तो

नानजिङ । पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले बताउनुभएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले सन् १९९८ मा पत्ता लगाएको...

चितवनमा अत्यावश्यक सामान किन्ने समय बिहान १० देखि ४ बजेसम्म मात्रै
-न्युजभित्तो

चितवन । जिल्लामा अत्यावश्यक वस्तुको खरिद बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला गरिने भएको छ । जिल्ला सुरक्षा समितिको आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि जारी सूचनामा वैशाख ४ गते मध्यरातदेखि वैशाख १५ गते...

भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली
-न्युजभित्तो

चितवन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवीप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को मंगलबारको बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा...