सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनसुनको शुरुआतीसँगै नारायणगढ-मुग्लिन सडकमा पुनः सास्ती


  •    न्युजभित्तो/४ असार २०७७, बिहीबार २१:३७ 
  • नारायण ढुङ्गाना

    जलविरे, मुग्लिन (चितवन । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी पास हुन सकेको थिएन ।

    राम्ररी सवारी सञ्चालन हुन नसक्नुमा सबैभन्दा बढी चालक कारक बन्न पुगेको देखिन्छ । छिटो जाने हतारोमा उनीहरुले लापरवाही गरिरहेका अन्य चालकहरु नै आरोप लगाउँछन् । चालकले दोहोरो लाइन पछि पनि ओभरटेक गर्दा गाडी पास हुन सकेको छैन । अन्य क्षेत्रमा सडक चौडा पारिएकाले तेहोरो लाइनमा पनि सवारी गन्तव्यमा गएका देखिए पनि यहाँको कालीखोला पुल, जलविरेको घुम्ती, टोपे खोलालगायत अन्य विभिन्न क्षेत्रका पुल र घुम्तीमा मुस्किलले दोहोरो गाडी चल्छ ।

    ठूला ट्रक तथा ग्यास ट्याङ्कर आएको बेलामा दुई गाडी पास हुनसमेत समस्या पर्ने गरेको एक जना चालक कृष्ण परियारले बताउनुभयो । । जसका कारण यहाँ दुई दिनदेखि अड्किएर बसेका यात्रु ठूलो मारमा छन् । आज अपराह्न रासस संवाददाताले स्थलगत अवलोकन गर्दा कतिपय ट्रकका चालक सिट मै निदाएका भेटिए । कतिपय गाडी छाडेर गएकाले पनि गाडी जाम बढिरहेको छ । सवारीको बाक्लो चाप भए पनि त्यसको व्यवस्थापनमा भने प्रहरीको उपस्थिति न्यून छ ।

    प्रहरीको उपस्थिति कमजोर हुँदा चालकको लापरवाही बढेको पाइन्थ्यो । ठुलो जामको मारमा यात्रुहरु छन् । फाट्टफुट्ट एक दुई जना प्रहरीले १५ किलोमिटर भन्दा बढी लामो जाम व्यवस्थापन गर्नु परिरहेको दृश्य आज देखिएको थियो । जाम मुग्लिनदेखि घुमाउने भन्दा यतासम्मै छ ।

    सार्वजनिक सवारी नहुँदा समेत जाममा ट्रक र निजी गाडी फसेका छन् । बुधबार विहान ९ बजे मानवसेवा आश्रमको एक टोली लमजुङबाट हिँडेको थियो । तर आज अपराह्न टोली चार किलो मै अड्किएको थियो । बाटोमा भेटिएका उनीहरु पसिनाले निथ्रुक्क भिजेको अवस्थामा थिए । सिमसिम पानी अनि चर्को घाम, घाम ओइलाउँदा हप्प गर्मीले यात्रुहरु आलसतालस देखिएका थिए । खलखली पसिना बगाएर बाटो खुल्ने प्रतीक्षामा थिए उनीहरु । आश्रमका प्रदेश संयोजक सुशिला केसीको नेतृत्वमा रहेको टोली मात्रै होइन धेरै गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् ।

    निजी सवारी र ट्रक मात्रै भएकाले यात्रुको चाप कम देखिए पनि १५ किलोमिटर बढी लामो जाममा फसेका यात्रुहरु यहाँ हजारौँ छन् । बीच बाटोमा लकडाउनका कारण दोकानसमेत राम्ररी सञ्चालन भएको छैन । गाडीको जामका कारण फर्कनेसक्ने अवस्थासमेत नरहेको एक जना चालकले गुनासो गर्नुभयो । केसीले भन्नुभयो, “हिजो विहानदेखि आएको अलपत्र परियो, गाडीहरु ओभरटेक गरेर उछिन्ने काम मात्रै भएको छ, त्यसैले जाम खुल्न समस्या भइरहेको छ ।” मुख्यगरी चार किलो र जलविरे क्षेत्रमा पहिरोका कारण सवारी एकतर्फी छ । सोही कारण अहिले मुग्लिनदेखि घुमाउनेसम्म दोहोरो गाडीको जाम छ । मुलिनबाट काठमाडौँतर्फ पनि दुई किलोमिटसम्म जाम रहेको छ । यता नारायणगढतर्फ घुमाउनेसम्म गाडी जाम भएपछि प्रहरीले दासढुङ्गामा नै गाडी रोकेर व्यवस्थापन शुरु गरेको छ । दासढुङ्गामा समेत गाडीको लामो लाइन भइसकेको थियो ।

    नारायणगढ मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । केही वर्षअघि यहाँ सडक चौडा पार्ने काम भएको थियो त्यो बेला यहाँको भित्तो काटिएपछि अचाक्ली पहिरो खस्न थालेको थियो । जसका कारण यहाँ प्रहरीको गाडी नै बगाएको थियो भने अन्य सवारीसमेत पहिरो खसेर पुरेको थियो । पहिरो कै कारण प्रहरीसहित दर्जनौँको ज्यान गइसकेको छ ।

    पहिरो रोक्न नारायणगढ मुग्लिन सडक आयोजनाले यहाँ रक नेटिङ्गको नयाँ अवधारणा शुरु गरेको थियो । धेरै स्थानमा यसले काम गरेको पनि छ । तर अहिले चारकिलोको पहिरोले भने रक नेटिङ्गलाई नै बगाएर गएको छ । गएको हिउँदमा यहाँ उक्त प्रविधि प्रयोग गरिएको थियो । तर त्यसले काम गरेको छैन । भित्रैबाट पहाड नै खसेपछि उक्त प्रविधिले काम नगर्ने विज्ञको भनाइ छ ।

    पहिरो बुधबार बिहान चार किलोमा ४ः१५ बजे खसेको थियो । साँझ ७ बजे एकतर्फी खुल्यो केही मिनेटमा फेरि बेलुका ७ बजे चार किलोमा पनि खस्यो । त्यसलाई राति १० बजे पन्छाएर सडक एकतर्फीँ नियमित गरिएको थियो । विहान ९ बजे पुनः रोकेर पहिरो पन्छाउने प्रयास भएको थियो । तर दिउँसो पुन एकतर्फी खुलाइएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा झण्डै ४५ मिटर लामो पहिरो छ । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो । अहिले पनि पहिरो पन्छाउन मजदुर खटिएका छन् । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा यात्रु थप मारमा परेका हुन् ।

    चितवनबाट गएका अधिकांश ट्रक काठमाडौँ उपत्यकाका लागि खाद्यान्नलगायत मालसामानका साथमा छन् । काठमाडौँबाट आएका सवारी मालसामान लिन जाने क्रममा थिए । बीचमा अड्किएकाले थप समस्या देखिएको छ । यसमा प्रहरीको सहभागिता बढाएर बाटो सञ्चालन गर्न नसके यो जाम अझै लम्बिने चालकहरु बताउँछन् । चितवनका प्रहरी उपरीक्षक शान्तिराज गुरुङ जाम बढेकाले अहिले केही समय गाडी रोकेर दोहोरो गाडी खुलाउने प्रयास थालिएको बताउनुभयो । त्यसले जाम थप बढ्ने निश्चित छ । इञ्जिनियर खनालले साँझसम्ममा दुईतर्फी खुलाउने प्रयास जारी रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सात वर्षीय बालकले राखे कीर्तिमान
    लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
    अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
    • पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    • सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.