सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने


  •    न्युजभित्तो/११ आश्विन २०८३, आईतवार १३:१३ 
  • चितवन, ११ असोज । प्रतिकूल मौसमका कारण स्थगित गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तहको नयाँ विद्यार्थी भर्ना कार्यक्रम असोज १५ र १६ गते सञ्चालन हुने भएको छ। विश्वविद्यालयले यसअघि असोज ९ र १२ गतेका लागि तय गरेको भर्ना कार्यक्रम नयाँ मिति तोकेर सञ्चालन गर्ने निर्णय गरेको हो।

    विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा तथा भर्ना समिति २०८३ को आकस्मिक बैठकले असोज ९ र १२ गते तय भएको भर्ना कार्यक्रम असोज १५ र १६ गते गर्ने निर्णय गरेको हो।

    विश्वविद्यालयले असोज ८ गते जारी गरेको सूचनामार्फत परिवर्तित मितिबारे जानकारी गराएको छ। सूचनाअनुसार स्थगित भएका एकीकृत प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम पूर्वनिर्धारित स्थान तथा निर्धारित प्रक्रियाअनुसार नै सञ्चालन हुनेछन्।

    हाल जारी मौसमसम्बन्धी चेतावनी तथा नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सूचनालाई मध्यनजर गर्दै विश्वविद्यालयले भर्ना कार्यक्रम स्थगित गरेको थियो। प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाको सुरक्षाका लागि कार्यक्रम स्थगित गर्नुपरेको विश्वविद्यालयले जनाएको छ।

    मौसमको प्रतिकूलताका कारण भर्ना कार्यक्रम अचानक स्थगित हुँदा विद्यार्थी तथा अभिभावकलाई असुविधा भएको विश्वविद्यालयले जनाएको छ । भर्ना कार्यक्रम स्थगित गर्नुपरेको परिस्थितिप्रति विश्वविद्यालयले सम्बन्धित सबैसँग क्षमासमेत मागेको छ।

    नयाँ मितिअनुसार भर्ना प्रक्रियामा सहभागी हुनुपर्ने विद्यार्थीलाई असोज १५ र १६ गतेको संशोधित तालिकाअनुसार उपस्थित हुन विश्वविद्यालयले आग्रह गरेको छ। साथै, भर्नासम्बन्धी थप जानकारीका लागि विश्वविद्यालयको आधिकारिक सूचनालाई आधार मान्न पनि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.