सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चौबीसकोठी–गोलाघाट सडक वैकल्पिक सहायक राजमार्ग


  •    न्युजभित्तो/६ असार २०७७, शनिबार १७:५९ 
  • चितवन । जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग वनाएको हो ।

    सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र मर्मतलगायतका काम सडक विभाग अन्तर्गत आउने छ । सडक विभागले बजेट विनियोजन गरी बहुवर्षीय योजनामार्फत् सडकको काम गर्न यसले सहज वनाउने भएको छ । उहाँका अनुसार सो सडकको सबै क्षेत्रमा कम्तीमा सात मिटर फराकिलो कालोपत्रे हुनेछ । आगामी वर्षका लागि रु। तीन करोड बजेट विनियोजन भएको शर्माले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार सो सडक ३५ किलोमिटर छ । विगतका वर्षमा पटकपटक सडक भत्किएर स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । सो सडकको पूरै भाग भरतपुर महानगरपालिकाभित्र पर्दछ । महानगरको सबैभन्दा लामो सडक यही हो । महानगर प्रमुख रेनु दाहालले महानगर र चितवन–३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै पत्र मन्त्रालयमा पठाएर सडकलाई वैकल्पिक सहायक राजमार्गमा रुपान्तरण गरिदिन आग्रह गरिएको बताउनुभयो ।

    प्रमुख दाहालले अव उक्त सडकको लागि महानगरले लगानी गर्न नपर्ने बताउनुभयो । पश्चिम चितवनका जनताका लागि महत्वपूर्ण यस सडकले पर्यटकीय क्षेत्रलाई राजमार्गसँग जोड्ने भएकाले यसको महत्व धेरै भएको दाहालको भनाइ थियो । सडकका कारण सदरमुकाम आवतजावतमा नै समस्या हुने गरेको भन्दै उहाँले आफ्नो आग्रहलाई मन्त्रालय र विभागले स्वीकारेको बताउनुभयो । जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य मेघौली भएको भन्दै उहाँले त्यस क्षेत्रको विकासमा पनि यस सडकको भूमिका उल्लेखनीय रहने बताउनुभयो । सडकको अन्तिम विन्दु गोलाघाट राप्ती र नारायणी नदीको मिलनविन्दु हो । जहाँ सूर्यास्तसँगै वन्यजन्तु हेर्न पर्यटक पुग्ने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.