सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन प्रशासनले भन्यो : अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनु


  •    न्युजभित्तो/७ असार २०७७, आईतवार १८:३७ 
  • चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन सूचना जारी गरेको छ । कार्यालयद्वारा आईतबार जारी सूचनामा भिडभाड हुने ठाउँमा नजान समेत आग्रह गरिएको छ ।

    यसैगरी रातीको समयमा हिड्डुल नगर्न पनि आम सर्वसाधारणलाई निर्देशन गरेको छ । कार्यालयले अत्यावश्यक काम बाहेक राती १० बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल नगर्न भनेको हो ।

    बाहिर आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा वा वस्तुु खरिद बिक्री सेवा प्रवाह गर्दा अन्य व्यक्तिसँग कम्तीमा दुई मिटरको दूरी काम गर्न अनुरोध गरिएको छ ।

    आम सर्वसाधारणलाई सचेत गराउँदै प्रशासनले समय समयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न, निजी सवारी साधन (मोटरसाईकल समेत) संचालन गर्दा अनिवार्य रुपमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न सूचित गरेको छ ।

    विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु न्यूनतम सामाजिक दूरी काम गरी १५ जनाभन्दा बढी व्यक्ति भेला नभई सम्पन्न गर्न, उद्योग कलकारखान तथा विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी व्यक्तिहरु जम्मा नहुन पनि प्रशासनले भनेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.