चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । बिहीबार साँझ ७ः३० बजेबाट सडक नियमित सञ्चालनमा आएको हो ।
नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा ४५ मिटर सडक ढाक्ने गरी बुधबार पहिरो आएको थियो । बुधबार पहिरो पन्छाएर केही सवारी पास गराए पनि पुनः पहिरो गएर सडक अवरुद्ध बनेको थियो ।
बिहीबार दिउँसो एकतर्फी खुलाएर एम्बुलेन्स लगायतका साना सवारीलाई पार गराएपछि पुनः बाटो रोकेर पहिरो पन्छाईएको हो ।