समाज

सेती नदीमा बेपत्ता भएका युवक अझै फेला परेनन्
-न्युजभित्तो

डोटी, ५ वैशाख। जिल्लाको सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् । उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको...

चितवन राष्ट्रिय निकुञ्जमा ९ महिनामा ३० गैँडा मरे
-न्युजभित्तो

चितवन, ५ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक...

दाउन्ने दुर्घटना अपडेट : ३१ घाईतेमध्ये तीनको मृत्यु
-न्युजभित्तो

कावासोती, ५ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा...

दुई न्यायाधीश अनुमोदित
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । सङ्घीय संसद्, संसद्ीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको...

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान हुन्छःपरराष्ट्रमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ । नेपाल भारत मैत्री सङ्घद्वारा यहाँ आज आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले...

चितुवा नियन्त्रणका लागि पोखरी निर्माण
-न्युजभित्तो

तनहुँ, ३ वैशाख । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन...

कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न कम्तीमा चार साता लकडाउन गर्न विज्ञको सुझाव
-न्युजभित्तो

काठमाडौं , ३ वैशाख । कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न कम्तीमा चार साता लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् । उनीहरुले मानवीय क्षति कम गर्न र संक्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४...

काठमाडौंसहित पहाडी भू-भागमा वर्षा, तीन दिन सतर्क रहन आग्रह
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा असिना सहित पानी परिहेकाे छ । देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १...

१९ वर्ष बन्धक बनाएर राखिएका विज्ञान आज घर फर्किए
-न्युजभित्तो

खोटाङ, ३ वैशाख । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुयाउनुभएको हो । साविकको चिसापानी–१ का कोइराला परिवार...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक
-न्युजभित्तो

राँझा,३ वैशाख । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा...