सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंसहित पहाडी भू-भागमा वर्षा, तीन दिन सतर्क रहन आग्रह


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १४:४९ 
  • काठमाडौं, ३ वैशाख । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा असिना सहित पानी परिहेकाे छ ।

    देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुको थोरै स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले  बताए ।

    उनले भने,‘अहिले काठमाडौं उपत्यका लगायतका क्षेत्रमा ठूलो पानी त होइन हल्का पानी परिरहेको छ । तर चट्याङसहित कुनै ठाउँमा असिना परिरहेको छ ।

    उनका अनुसार प्रि-मनसुन सक्रिय भएकाले अहिले हावाहुरीसहित पानी परिरहेको हो । प्रि मनसुनको समयमा बिहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्दछ  र विहान रोकिन्छ । प्रि-मनसुनको समयमा लगातार झरी पर्ने भने हुँदैन । जेठ/ असारदेखि मनसुन सक्रिय हुनुअघि प्रि-मनसुनको प्रकृया चल्ने मौसमविद्ले पौडेलले बताए ।

    यो क्रम अझै दुईतीन दिनसम्म रहने भएकाले सचेत रहन उनले आग्रह गरे ।

    अहिले विशेष गरी पहाडी भूभागको पोखरा, सुर्खेत, गोरखालगायतका क्षेत्रको आसपासमा मध्यम खालको वर्षा भइरहेको छ । तराईका जिल्लाहरुमा भने सामान्य हावाहुरी चलेपनि र ठूलो हावाहुरीको सम्भावना कमै रहेको उनको भनाइ छ ।

    धेरै समयपछि उपत्यकालगायतका क्षेत्रमा वर्षा भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.