सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितुवा नियन्त्रणका लागि पोखरी निर्माण


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १५:३२ 
  • तनहुँ, ३ वैशाख । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ ।

    डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले उक्त अभियानकै रुपमा अघि बढाइएको डिभिजन प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

    चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौँतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको उहाँले बताउनुभयो । मानव बस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजीकमा देखापरेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको काफ्लेको भनाइ छ ।

    मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी र आहार प्रजातिका लागि कलिलो घाँस (घाँसे मैदान) व्यवस्था गर्ने गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियानका रुपमा थालिएको छ । “वनजङ्गल झाडीले ढाकिँदै गएकाले मांसाहारी प्रजातिको वन्यजन्तुका लागि वासस्थानको व्यवस्थापन गर्दै आवश्यक पर्ने पानीका पोखरी र कलिलो घाँसलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो । जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकामा रहेका वनजङ्गल आसपास पानीको पोखरी निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको १५ वटा पोखरी निर्माण गर्ने योजना रहेको छ । सो वनमा आहार प्रजातिका वन्यजन्तुभन्दा मांसाहारीजन्यको सङ्ख्या बढिरहेको क्यामेरा ट्यापिङबाट देखिएको बताइएको छ ।

    यस क्षेत्रमा चरीबाघ, चितुवा, स्याल बढिरहेको छ भने मृग, बँदेल नगण्य मात्रामा देखिएको छ । कुनै वन्यजन्तुको सङ्ख्या यकिन नभए पनि त्यसको अनुसन्धान डिभिजन वन कार्यालय तनहुँका निवर्तमान डिभिजन प्रमुख केदार बरालले गरिरहनुभएको छ । चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्याले बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका सबैभन्दा बढी भानु नगरपालिका क्षेत्रमा चितुवाले आतङ्क बनाएको छ ।

    उक्त क्षेत्रका वन क्षेत्रमा पानीको पोखरी निर्माणका लागि पालिका तहबाट नै निर्णय गरिएको भानु नगरपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिनुभयो । सो पालिकाको वडा नं १, २, ३, ४, १२ र १३ मा चितुवा तथा भालुले धेरै धनजनको क्षति बनाएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.