सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १४:२१ 
  • राँझा,३ वैशाख । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।

    छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रमा आवतजावत तथा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि आज आफैँ सीमा क्षेत्रमा पुगेर स्वास्थ्य मापदण्डका सबै प्रक्रिया पूरा गराउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको बताउनुभयो ।

    उहाँका अनुसार, सीमानाकामा कडाइसँगै नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न प्रहरीले सक्रियता देखाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गराउने, शिक्षण अस्पताल कोहलपुरमा कोभिड वडा सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    कोरोना सङ्क्रमण बढेपछि नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोभिड वडा सङ्क्रमितले भरिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले बाहिरी जिल्लाबाट आउने कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग सहयोग मागिएको बताउनुभयो । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमण दर अस्वभाविकरुपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.