सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान हुन्छःपरराष्ट्रमन्त्री


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १७:०६ 
  • काठमाडौँ, ३ वैशाख  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ ।

    नेपाल भारत मैत्री सङ्घद्वारा यहाँ आज आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले गरेका सन्धिसम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो,“नेपाल र भारत प्रतिस्पर्धी होइनन्, एकअर्काका सहयोगी हुन्, नेपाल भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ, भारतको विकास र समृृद्धिबाट नेपालले लाभ लिन सक्छ, त्यसैले दुई देशबीचका सबै समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नेछौँ ।

    ”मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विस्तार गरी अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । आर्थिक साझेदारी र विकास परियोजनाका कारण पनि दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको बताउँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र अन्तरदेशीय अपराधविरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले छिमेकी भारतसँगको सम्बन्धलाई व्यावहारिक रुपमै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सरकारका प्रवक्ता गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । विभिन्न कठिनाइका बीच पनि सरकार राष्ट्र र जनताका निम्ति कटिबद्ध रहेको उहाँको भनाइ थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.