सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१९ वर्ष बन्धक बनाएर राखिएका विज्ञान आज घर फर्किए


  •    न्युजभित्तो/३ बैशाख २०७८, शुक्रबार १४:३९ 
  • खोटाङ, ३ वैशाख । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुयाउनुभएको हो ।

    साविकको चिसापानी–१ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका थिए । लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग भेट भएको छ । विसं २०५८ मा १७ वर्षको उमेरमा काठमाडौँको सानेपाबाट बेपत्ता भएका विज्ञान १९ वर्षपछि आफ्नो घर फर्किएर आउँदा कोइराला परिवारमा खुशी छाएको छ । लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाइ र बहिनीलाई समेत ठम्याउन नसकेको बताइएको छ ।

    बाल्यकालमा भाइबहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नो भाइबहिनी सानै रहेको बताउने गरेका छन् । परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले यसअघि नै बितिसकेकी मावली हजुरमुमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन् । शारीरिकरुपमा मात्र नभई मानसिकरुपमा समेत रोगी देखिएका विज्ञान सशस्त्र द्वन्द्वको समयमा भारत जाने भन्दै घर छाडेर हिँडेका थिए तर, उनी भारत नगइ काठमाडौँ पुगेको खुलेको भाइ सुवासले बताउनुभयो । “दाजुको भनाइमा उहाँ सानेपाबाट अपहरणमा पर्नुभएको रहेछ । गाडीमा आएका दुई महिला र एक पुरुषले उहाँलाई कम्बलले अनुहार छोपेर बेहोस बनाएपछि बन्द कोठामा पु¥याएका रहेछन्”, दाजुको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “जुन कोठाबाट बाहिरिन उहाँलाई दुई दशक लाग्यो । कोठामा बन्धक बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको दाजुले बताउने गर्नुभएको छ । उहाँको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ ।”

    शारीरिकरुपमा कमजोर देखिने विज्ञानको फियो भेरी अञ्चल अस्पतालमा उपचार गर्दा निकालिएको पुष्टि भएको भाइ सुवासले बताउनुभएको छ । उहाँको वीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि रु सात लाख खर्च लाग्ने बताइएको छ । गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो । निलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाच गराएपछि प्रहरी र पत्रकारको रोहबरमा आफन्तको जिम्मा लगाएको हो ।

    विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो । बेपत्ता बनेका विज्ञान र भाइ सुवासको चैत २६ गते नेपालगञ्जमा भेट भएको थियो । उन्नाइस वर्षसम्म घर बाहिर निस्कन नदिई बन्धक बनाइएका विज्ञानलाई चैत १८ गते राति सुतेको बेला बेहोस पारेर काठमाडौँको बल्खु आसपासको जङ्गलमा छाडिएको बताइएको छ । विज्ञानलाई अपहरण गरेको र बन्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी नै रहेको भाइ सुवासले बताउनुभयो । विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान शुरु गरिएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष बाजिन्द्र विष्टले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.