समाज

चितवनमा खाद्यान्न तथा तरकारी पसल ३घण्टा सञ्चालन गर्न पाइने
-न्युजभित्तो

चितवन,१६ बैशाख ।  चितवनमा आज (बिहीबार) राति १२ बजेदेखि लागू  हुने निषेधाज्ञा अवधिभर खाद्यान्न तथा तरकारी पसल निश्चित समयमा मात्रै सञ्चालन पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै खाद्यान्न, तरकारीलगायतका सेवा दिने पसलहरु...

निषेधाज्ञाको फाइदा सत्तारुढ दलका नेताहरुले गर्न सक्ने : कांग्रेस सचीव जोशी
-न्युजभित्तो

चितवन, १६ वैशाख  । नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशीले निषेधाज्ञाको फाइदा सत्तारुढ दलका नेताहरुले गर्न सक्ने बताउदै नेपाली कांग्रेसका सबै तहका साथीहरूलाई चनाखो रहन आग्रह गर्नुभएको छ। नेपाली कांग्रेस भरतपुर नगर समितीले आज नवबर्ष २०७८को शुभकामना आदानप्रदान सहित २०७८को...

बाबुराम भट्टराई अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौं, १६ वैशाख । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्यूरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य...

नेपाली कांग्रेस भरतपुर नगर समितीको नवबर्ष २०७८को शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन, १६ वैशाख  । नेपाली कांग्रेस भरतपुर नगर समितीले आज नवबर्ष २०७८को शुभकामना आदानप्रदान कार्यक्रम सहित २०७८को भित्तेपात्रो विमोचन गरेको छ। नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको कार्यक्रम नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता
-न्युजभित्तो

काठमाडौं,१६ वैशाख । वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो । आयोगका अनुसार नेकपा (एमाले)...

चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
-न्युजभित्तो

काठमाडौँ, १६ वैशाख । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९...

सुनसान देखिए उपत्यकाका सडक
-न्युजभित्तो

काठमाडौँ, १६ वैशाख ।   निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन्...

काठमाडौंसहित पहाडी भूभागमा मेघगर्जन र वर्षा
-न्युजभित्तो

काठमाडौं, १६ वैशाख  । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा चट्याङसहित पानी परिरहेको छ । देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई र...

प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझिने
-न्युजभित्तो

गण्डकी, १६ वैशाख । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको...

अक्सिजन लगायतका १० स्वास्थ्य सामाग्रीमा कर छूट दिने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौं,१६ वैशाख  । सरकारले अक्सिजन, आइसियु बेड लगायतका १० स्वास्थ्य सामाग्री आयातमा कर छूट दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती सामग्रीको आयातमा लाग्न महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क...