काठमाडौं, १६ वैशाख । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा चट्याङसहित पानी परिरहेको छ ।
देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका तराई र पहाडी भुभागमा एक दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित क्षणिक वर्षा भइरहेको मौसमविद् मिन कुुमार अर्यालले बताए ।
उनले भने,‘अहिले बागमति प्रदेश र गण्डकी प्रदेशको अधिकाशं जिल्लाहरुमा मध्यम वर्षा भइरहेको छ । भने तराईका केही जिल्लाहरुमा पनि पानी पर्न थालिएको छ । भने सुदुरपश्चिम कर्णाली प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेका छ ।’
उनका अनुसार प्रि मनसुन सक्रिय भएकाले अहिले हावाहुरी सहित पानी परिरहेको हो । आज बेलुकादेखि मौसममा केही सुधार हुने भएतापनि भोलि विहान ११ बजेदेखि फेरि देशको अधिकांश भुभागमा चट्याङ सहितको वर्षा हुने महाशाखाले जनाएको छ ।
अझै तीन दिन मौसममा सुधार नहुने मौसमविद् अर्यालको भनाइ छ । प्रि मनसुनमा विहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्दछ । र विहान रोकिन्छ ।
प्रि मनसुनको समयमा लगातार चट्याङ पर्ने झरी पर्ने भने हुदैन । जेठ असार देखि मनसुन सक्रिय हुनअघि प्रिमनसुनको प्रकृया चल्दछ ।
यो क्रम अझै दुईतीन दिनसम्म रहने भएकाले सचेत रहन उनले आग्रह गरे ।