निषेधाज्ञाको फाइदा सत्तारुढ दलका नेताहरुले गर्न सक्ने : कांग्रेस सचीव जोशी
चितवन, १६ वैशाख । नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशीले निषेधाज्ञाको फाइदा सत्तारुढ दलका नेताहरुले गर्न सक्ने बताउदै नेपाली कांग्रेसका सबै तहका साथीहरूलाई चनाखो रहन आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेस भरतपुर नगर समितीले आज नवबर्ष २०७८को शुभकामना आदानप्रदान सहित २०७८को भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै सचीव जोशिले यस्तो बताउनु भएको हो। कार्यक्रममा बोल्दै जोशीले चितवनमा विगतको लकडाउनको बेला करोडौं लगानीमा निर्माण भएको कोरोना अस्थायी अस्पतालमा भएको चोरी र भष्ट्रचारलाई सम्झदै अहिले पनि कोरोना र निषेधाज्ञाको नाममा यस्तै चरम लापरबाही हुन सक्ने भन्दै लापरबाही हुन नदिन सबैजनालाई सचेत रहन आग्रह गर्नुभएको हो ।
अहिले पनि अस्पतालहरुमा बेड छैन,बिरामी जनताहरुको लागि अक्सिजनको अभाव हुँदा पनि यहाँको स्थानीय सरकार र प्रदेश सरकारले कुनै चासो नदेखाएको आरोप समेत लगाउनु भएको छ । जोशीले अब पनि यस्ता कुराहरुमा आवाज उठाउन,सूक्ष्म अध्ययन गर्न र सचेत रहन नेपाली कांग्रेसका सबै तहका नेता र जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।सत्तारुढ दलका नेताहरुको उपचार चाहिँ हुने अनि जनताहरुको उपचार नभएको पाइएमा नेपाली कांग्रेस चुप लागेर नबस्ने र सधै जनताको पक्षमा लाग्ने समेत जोशीले बताउनुभयो।
तपाईको प्रतिक्रिया










