सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा खाद्यान्न तथा तरकारी पसल ३घण्टा सञ्चालन गर्न पाइने


  •    न्युजभित्तो/१६ बैशाख २०७८, बिहीबार २०:१७ 
  • चितवन,१६ बैशाख ।  चितवनमा आज (बिहीबार) राति १२ बजेदेखि लागू  हुने निषेधाज्ञा अवधिभर खाद्यान्न तथा तरकारी पसल निश्चित समयमा मात्रै सञ्चालन पाइने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै खाद्यान्न, तरकारीलगायतका सेवा दिने पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जानकारी दिएका हुन् । प्रजिअ लामिछानेका अनुसार तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री गर्ने पसल तथा व्यवसायहरु बिहान ३ घण्टा मात्र सञ्चालन गर्न पाइनेछ ।

    यस्तै उद्योग कलकारखाना सञ्चालन गर्दा कर्मचारी तथा कामदार सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र उद्योग परिसर भित्रै आवासको व्यवस्था गर्नुपर्ने उनले बताए । उद्योग परिसर भित्रै आवासको व्यवस्था गर्न नसके कर्मचारी तथा कामदारलाई उद्योगले नै ल्याउने लाने व्यवस्था गर्नुपर्ने जारी आदेशमा भनिएको छ ।

    कोरोना संक्रमित बढेसँगै प्रशासन कार्यालयले आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने गरी प्रशासनले ३१ गतेसम्म निषेधाज्ञा गर्न लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.