समाज
चितवन, १६ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैंडा मृत भेटिएको हो । उक्त गैंडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।...
उदयपुर, १६ वैशाख । त्रियुगा नगरपालिका–४ बगाहामा बुधबार ३ः०० बजे पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट हिँडेका एक किशोर साँझ बगाहा नजिकै जङ्गलमा रहेको पोखरीमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार यसरी पोखरीमा डुबेर मृत फेला परेका...
चितवन, १६ वैशाख । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि...
पोखरा, १५ बैशाख । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् । दुई सांसदको...
काठमाडौं , १५ वैशाख। वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले...
जनकपुरधाम, १५ वैशाख । प्रकृति संरक्षण गर्ने उद्देश्यले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जनकपुरधामको कनपट्टि गाउँमा मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास गरिएको छ । प्रदेशसभा सदस्य रामअशीष यादव, अभियान प्रमुख भगवान झा, वडाध्यक्ष परमेश्वर यादव, जनता समाजवादी धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जनकपुर...
काठमाडौँ, १५ वैशाख । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द...
काठमाडाैं, १५ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ। प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो। प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी...
चितवन, १५ वैशाख । चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला...
चितवन १५ वैशाख । स्थानिय तहको निर्वाचन २०७४ मा रत्ननगर नगरपालिकाको वडा नं १६ बाट माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने नेकपा माओवादी केन्द्र परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । आज एक कार्यक्रमका बिच नेपाली...













