सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरानो मेडीकल कलेजमा थप २ जना सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १३:१९ 
  •  चितवन,२९ बैशाख ।  जिल्लामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडीकल कलेजमा उपचाररत चितवनका र रोल्पाका एक–एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ७० वर्षिया वृद्धा रहेकी छन् ।

    उनको आज बिहान १० वजे मृत्यु भएको हो । निमोनियाको समस्या भई बैशाख २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    सङ्क्रमण पुष्टि भए संगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै रोल्पाको लम्री गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षिय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    निमोनियाको समस्या भई वैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो ।

    सङ्क्रमण पुष्टि भए संगै पुरानो मेडीकल कलेजकोे कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ९ः३० वजे मृत्यु भएको हो । यस संगै जिल्लामा आज मात्रै ९ जना र राती १० वजे देखि बिहान १० वजे सम्म ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.