सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घनश्याम भुसालको उद्घोष-‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १२:३३ 
  • काठमाडौँ, २९ वैशाख । एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।

    एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले  भने, ‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं । पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।’

    वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।

    यस्तै नेता भुसालले सामाजिक सञ्जालमा समेत विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएपनि आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफुहरुलाई राम्ररी थाहा भएको बताएका छन् ।
    ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालको भनाइ छ ।

    उनले विगतमा प्रचण्डलाई गाली गरेर जबरजस्त पार्टी विभाजनतिर लैजानेहरु अहिले फेरि झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई पनि विभाजित गर्ने प्रयास गरेको बताएका छन् ।

    ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, उनले भनेका छन्, ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सीएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

    खनाल–नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा ओली फर्किनुपर्ने माग उठाउँदै आएको छ । सो अडानमा ओली असहमत नहुँदा पार्टी विभाजित अवस्थामा पुगेको छ भने थप कदम चाल्ने चेतावनी नेपाल समूहले दिँदै आएको छ।

    मंगलबार समेत भावी रणनीति बनाउन र पछिल्लो घटनाक्रमको समीक्षा गर्न नेपाल समूहको भर्चुअल बैठक बसेको थियो । सो बैठकमा ओलीलाई विश्वासको मत नदिएर उपयुक्त निर्णय भएको विष्लेषण गरिएको थियो ।
    ‘हामीले पछिल्लो राजनीतिक अवस्थाको सामान्य समिक्षा गर्यौ, त्यसमा ओलीलाई विश्वासको मत नदिने देखि अव हुने राजनीतिक समीकरण लगायतका विषयमा छलफल भयो’ स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्, ‘अहिले पनि नयाँ सरकार बन्न नदिन ओलीलाई भारतले अझै टेको दिन खोजेको हो कि भन्ने हाम्रो आशंका रह्यो ।’

    त्यस्तै छलफलमा ओली पदमुक्त भैसकेको अवस्थामा कसरी जाने भनेर अन्य दलको भूमिका र आवश्यक्ता अनुसार निर्णय गर्ने नेताहरुले जोड दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.