समाज
जलेश्वर, २ जेठ । महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका...
जाजरकोट, २ जेठ । कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ९ बोका० चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो । नलगाडमा एक जनप्रतिनिधको मृत्यु भएसँगै छिमेकी...
चितवन, १ जेठ । नेपाली युवा उद्यमी मञ्च, चितवन शाखाको अध्यक्षमा राजेश गौतम चयन हुनु भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा सूर्यभक्त अधिकारी...
चितवन, १ जेठ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीका नामबाट राखिएको छ । एघार दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको...
चितवन, ३१ वैशाख । कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव भएपछि विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । अक्सिजन सिलिण्डर, पिपिई, माक्स लगायतका स्वास्थ्य सामग्री अभाव भएको हो । चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास...
काठमाडौ, ३१ वैशाख । राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको...
सप्तरी, ३१ वैशाख । कञ्चनरुप नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिएको जनाउँदै सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण समेत गरिएको छ । नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य...
काठमाडौँ, ३१ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा...
काठमाडौं,३१ वैशाख । सर्वोच्च अदालतले कोभिड-१९ नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लम्बिन सक्नै भन्दै यो अवधिमा दिइने सेवा थपेको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यसअघि प्रदान गर्ने भनिएका कोरोना सम्बन्धी जरुरी सेवालाई निरन्तरता दिँदै थप विस्तार गर्ने निर्णय...
भजनी, ३१ वैशाख । स्वयम्सेवी संस्था टीकापुर सरोकार समूहले टीकापुर अस्पतालमा अक्सिजन सहयोग गर्नका लागि अक्सिजन सहयोग अभियानको थालनी गरेको छ । अक्सिजनको अभावले दैनिक नागरिकले ज्यान गुमाउन थालेपछि टीकापुर अस्पताल, टीकापुर उधोग वाणिज्य संघ र टीकापुर सरोकार समुहले संयुक्त...









