सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सिजन आपूर्तिका लागि जनस्तरबाट सहयोग जुट्दै


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १६:२९ 
  • भजनी, ३१ वैशाख । स्वयम्सेवी संस्था टीकापुर सरोकार समूहले टीकापुर अस्पतालमा अक्सिजन सहयोग गर्नका लागि अक्सिजन सहयोग अभियानको थालनी गरेको छ ।

    अक्सिजनको अभावले दैनिक नागरिकले ज्यान गुमाउन थालेपछि टीकापुर अस्पताल, टीकापुर उधोग वाणिज्य संघ र टीकापुर सरोकार समुहले संयुक्त रुपमा अक्सिजनको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ उक्त अभियानको शुरुवात गरेको हो ।

    अभियानको शुरुआत् भएसँगै विभिन्न सहयोगदाताले सहयोग रकम उपलब्ध गराउन थालेका छन् । सरोकार समूहसँग आवद्ध देश तथा विदेशमा रहेका नागरिकले अस्पतालमा अक्सिजन आपूर्तिमा सहयोग होस भन्दै स्वेच्छिक सहयोग गर्न थालेका छन । अभियानका लागि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र सरोकार समूहका सदस्य नवराज भट्टराईको नाममा संयुक्त बैंक खाता समेत खोलिएको छ ।

    “अक्सिजन अभावका कारण नागरिकहरुले अकालमा ज्यान गुमाउँदै आएका छन, एक नागरिकले अर्कोलाई अप्ठ्यारोमा सहयोग गर्नु हाम्रो कर्तव्य हो”, सरोकार समूहका सदस्य भट्टराईले भन्नुभयो, “ हामीले सोचेका पनि थिएनौ यति राम्रो सहयोग जुटला भनेर । हालसम्म करिब ४३ लाख रुपैयाँ सङ्कलन भैसकेको छ ।” टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन ।

    दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निणर्य गरेका छन । टीकापुरले २० र जानकी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेका छन । दुईवटा पालिकाले सघाउने भएपछि अस्पतालले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुने अक्सिजन प्लान्टको क्षमता बढाउन पहल थालेको छ ।

    यसअघि अस्पतालले प्रदेश सरकारले निर्धारण गरेको क्षमता अनुसार नै अक्सिजन प्लान्ट निर्माण प्रक्रिया थालेको थियो । प्रदेश सरकारको ८० लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको थियो । जसको क्षमता दैनिक २० सिलिण्डर भर्न सक्ने मात्रै रहेको थियो ।

    दुईवटै पालिकाले बजेट थप गरेपछि दैनिक ६० सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष रावलले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया रोकेर पालिकाको लगानी सहितको प्रक्रिया थालिने बताउदै अब १ करोड १५ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । “पुरानो प्रक्रिया रोक भनेर मौखिक आदेश आइसकेको थियो, त्यसै अनुसार आज अक्सिजन प्लान्ट निर्माणको लागि सूचना प्रकाशित हुन्छ”, अध्यक्ष रावलले भन्नुभयो, “ प्लान्ट जडाएन भएपछि बिरामीकालागी धेरै राहत हुनेछ ।” प्लान्ट निर्माण हुन करिव डेढ महिना लाग्ने छ ।

    अहिले अस्पतालमा नेपालगञ्जबाट अक्सिजन आपूर्ति भैरहेको छ । उद्योग बाणिज्य संघका अध्यक्ष भण्डारीले कतैबाट पनि अस्पतालको लागि सहयोग नभएपछि नागरिकस्तरबाट सहयोगको आव्हान गरिएको बताउँदै नागरिकबाट सोचेभन्दा राम्रो सहयोग भएको बताउनुभयो । “हामीले पनि बाँच्नुपर्छ र अरुलाई पनि बचाउनुपर्छ भन्ने उद्देश्यले नै अभियान सुरु गरेका हौ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “अभियानपछि अस्पताललाई ठूलो राहत मिलेको छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.