सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन समाज अष्ट्रेलियाद्वारा भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १९:१९ 
  • चितवन, ३१ वैशाख । कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव भएपछि विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । अक्सिजन सिलिण्डर, पिपिई, माक्स लगायतका स्वास्थ्य सामग्री अभाव भएको हो ।

    चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले आज शुक्रबार अस्पताललाई अक्सिजन ग्यास सहयोग गरेको छ । समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर धरौटी राखी ठूलो १० थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको हो ।

    ओमसञ्जीवनी अक्सिजन सप्लायर्सका सञ्चालक निरञ्जन न्यौपानेले आज ती सिलिण्डर भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा अधिकारीले समाजका अध्यक्ष पूर्ण घिमिरेले अस्पताललाई थप सहयोग गर्ने आश्वासन समेत दिएको जानकारी गराउनु भयो ।

    प्रबासमा रहेर पनि जिल्लावासी प्रतिको मायाँको उहाँले गरेको सहयोगको अधिकारीले प्रशंसा गर्नु भयो । कार्यक्रममा तिवारीले भन्नुभयो “हामीलाई यहाँ अक्सिजनको हाँहाँकार छ । तत्काल यसलाई जोडेर बिरामीलाई अक्सिजन दिनु पर्ने बाध्यता रहेको छ ।” अक्सिजन सिलिण्डर हस्तान्तरण समारोहमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, सल्लाहाकार तिलकराम रिमाल लगायतको उपस्थिति रहेको थियो ।

    घिमिरेको अध्यक्षतामा रहेको समाजले संस्थाका संरक्षक केशबप्रसाद सापकोटाको संयोजकत्वमा स्वयं घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो । घिमिरेले संकलित रकम चितवन जिल्लामा मानवीय कल्याणको काममा सहयोग गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.