सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …


  •    न्युजभित्तो/१८ कार्तिक २०८२, सोमबार ११:५७ 
  • ढोरपाटन (बागलुङ), १७ कात्तिक । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने निःशुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन नगरबासी लाभान्वित भएका थिए ।

    शिविरमा आँखा परीक्षणसँगै मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको थियो । परीक्षणका क्रममा मातियाविन्दु देखिएका ८५ जनाकोे शल्यक्रिया र परेला आँखाभित्र पसेका दुईजनाको उपचार गरिएको थियो । आँखामा जटिल समस्या भएका १३ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ समेत गरिएको थियो ।

    हिमालय आँखा अस्पताल पोखरामा सेवारत जलविन्दु विशेषज्ञ डा अनिल पराजुली लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले शिविरमा आँखा परीक्षण, उपचार र शल्यक्रिया गरेको थियो । निसीखोला–१ का कुमबहादुर मल्लले आफूलाई पायक पर्ने स्थानमा आँखा शिविर मार्फत् सेवा प्राप्त गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो,“आँखामा समस्या हुँदै आएको थियो । परीक्षण गराउँदा मोतियाबिन्दु भएको देखियो । शल्यक्रिया भयो । अहिले आँखाको ज्योति फर्किदा यो भन्दा आनन्दको क्षण के होला ?”

    लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीका अनुसार शिविरमा चार सय ९५ जनालाई आवश्यकताका आधारमा चस्मा वितरण, ३२४ जनालाई औषधि वितरण अन्य आँखा जाँचसँगै आवश्यक परामर्श दिइएको थियो ।

    दूर्गम भूगोल, आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकको सहजताका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “ ग्रामीण भेगका नागरिकले आँखामा सामान्य समस्या भयो भने पोखरा, काठमाडौँका अस्पतालमा जानुपर्ने अवस्था छ, त्यसलाई मध्यनजर गरी लायन्स क्लबले निःशुल्क शिविर संयोजन गरेको हो, शिविरमा धेरै ठाउँमा वृद्धदेखि सबै उमेर समूहका नागरिक आएर सेवा लिनुभयो, यस्ता शिविर निरन्तर गर्दै जाने छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.