चितवन सेरोफेरो
चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री...
चितवन, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ...
भरतपुर २२ मङ्सिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याव्सन भरतपुर महानगरको तेस्रो अधिबेसन शनिबार भरतपुरमा सम्पन्न भएको छ । तेस्रो अधिवेशनको समुद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सुवासचन्द्र आचार्यले संस्थागत विद्यालयहरुले नीतिगत विषयहरू पूर्णरूपमा पालना...
चितवन, २१ मङ्सिर । चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मङ्सिरमा...
काठमाडौँ, २१ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाएर १३० रन बनाएको हो । रवि बोपाराले...
चितवन, २० मंसिर । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द...
चितवन, १९ मंसिर । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भईरहेको अनुसन्धानको विरोधका...
चितवन, १९ मंसिर । जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा...
चितवन, १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा...
चितवन, १८ मंसिर । सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । उनलाई मंगलबार काठमाडौंबाट चितवन ल्याइएको हो । चितवन ल्याएलगत्तै बयानका निम्ति लामिछानेलाई जिल्ला सरकारी वकिल...














