सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल


  •    न्युजभित्तो/१२ फाल्गुन २०८१, सोमबार १२:३७ 
  • चितवन,फागुन १२ । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन हुनुभएको छ । चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

    त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई चयन गरिएको छ ।अधिवेशनले काेषाध्यक्षमा रामशरण दुलाल, सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवमा नवराज श्रेष्ठ र जगमान तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

    यसैगरी सदस्यहरुमा दीपेन्द्र अधिकारी, राजेश घिमिरे, आरती ढकाल, कविराज ढकाल, विवश अधिकारी, राजाराम डङ्गोल, दीपक बिक्रम देउजा, पुरुषोत्तम रिजाल, रविन ढुङ्गाना, दीपा भण्डारी, रविन्द्र भट्टराई, देवराज सुवेदी, रुपक कालिराज, अमिर रामदाम, सुदिप अधिकारी, रामेश्वर रिजाल, सुनिता विष्ट हुुनुहुन्छ ।

    उपत्यका बाहेक बागमती प्रदेशका दस जिल्लाका प्रतिनिधि रहेका अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि समय चयन गरेको छ । अधिवेशनको आइतबार उद्घाटन सत्रलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, संगठनका अध्यक्ष गणेश बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.