सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात जातका गहुँको परीक्षण गरिँदै


  •    न्युजभित्तो/११ फाल्गुन २०८१, आईतवार १५:१३ 
  • चितवन, ११ फागुन । भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् ।

    गहँुको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए÷नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत सत्रुजीव व्यवस्थापन (आइपिएम) का सहजकर्ता वासुदेव सापकोटाले बताउनुभयो । उहाँका अनुसार जातीय, दूरी, उपचार विधि र मलखादसम्बन्धी परीक्षण भइरहेको छ ।

    एक हजार वर्गमिटर (तीन कट्ठा) क्षेत्रफलमा लगाइएको बाली परीक्षण गरिएको सहजकर्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न जातका गहुँलाई ‘प्लट’ बनाएर परीक्षण गरेका छौँ । स्वच्छ बीउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ ।” उहाँका अनुसार गौतम, विजय, खैन, एनएल–९७१, सिएल–१४१२, एनएल–१६२७ र विएल–४३४१ जातका गहुँको परीक्षण गरिएको हो ।

    स्थानीय दीननाथ आचार्यले गहँु लगाउने र मल राख्ने विधि, विषादी प्रयोग गर्ने तरिकालगायत विषयमा यो परीक्षणबाट प्राविधिक ज्ञान प्राप्त भएको बताउनुभयो । गहुँबालीमा रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोगले उपयुक्त हुने देखिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “हामीले गाईभैँसीको गोबर, कुखुराको सुली र रासायनिक मलको प्रयोग गरेर प्लट बनाएका छौँ । त्यसमा कुखुराको सुली र गोबर प्रयोग गरेको ठाउँमा गुणस्तरीय उत्पादन भएको पाएका छौँ ।”

    समूहका सदस्य खेमराज भण्डारीले घरायासी विषादी राखेको ठाउँमा लामो समयसम्म सत्रुजीवले आक्रमण गर्न नसक्ने पाइएको बताउनुभयो । उहाँका अनुसार पशुचौपायको रगत, गाईको गहुँत, सुर्ती, लसुन, अदुवा, निमलगायत जडीबुटीबाट बनाइएको विषादी प्रयोग गर्दा लामो समयसम्म सत्रुजीवले आक्रमण नगर्ने पाइएको हो ।

    उहाँले भन्नुभयो, “पशुचौपायको आधा लिटर रगतमा ४० लिटर पानी हालेर प्रयोग गरिएको र अन्य घरायासी विषादी प्रयोग गरिएको ठाउँभन्दा रासायनिक विषादी प्रयोग गरिएको ठाउँमा सत्रुजीवले चाँडो आक्रमण गरेको पायौँ ।”

    घरायासी विषादीमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको परीक्षणका क्रममा पाइएको उहाँको भनाइ छ । गहुँखेती गर्ने किसानले रासायनिक विषादीको विकल्पमा घरायासी विषादीको प्रयोग गरे सस्तो हुनुका साथै गुणस्तरीय उत्पादन हुने भएकाले सोहीअनुसार मल र विषादीको प्रयोग गर्न उहाँले सबै किसानलाई सुझाव दिनुभयो ।

    यस क्षेत्रका किसानले गौतम जातको गहँु बढी क्षेत्रफलमा लगाउने गरेका छन् । अहिले सात जातका गहुँको परीक्षणले कस्तो प्रतिफल दिन्छ हेरेर जात परिवर्तन गर्ने तयारीमा समूहका कृषक रहेका छन् । समूहकी सदस्य डम्बरकुमारी आचार्यले यस कार्यक्रमले गहुँखेतीसम्बन्धी प्राविधिक ज्ञान, सीप र मल तथा विषादीको प्रयोगबारे जानकारी दिएको बताउनुभयो ।

    जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले कृषि प्रसार कार्यक्रमअन्तर्गत यस्ता योजना सञ्चालन गरिएको भन्दै यसले कृषकलाई कुन बाली कसरी लगाउँदा फाइदा हुन्छ भन्ने विषयमा ज्ञान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले बाली लगाउनेदेखि भित्र्याउने समयसम्ममा देखिने समस्याहरू समाधानका लागि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.