सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ सङ्घ चितवनको अध्यक्षमा भीमबहादुर


  •    न्युजभित्तो/८ फाल्गुन २०८१, बिहीबार १४:०२ 
  • मुग्लिन, ८ फागुन । नेपाल चेपाङ सङ्घ चितवनको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः भीमबहादुर चेपाङ चयन हुनुभएको छ । बुधबार रत्ननगरस्थित नेपाल चेपाङ सङ्घको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुर चेपाङको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

    नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा हाललाई १४ सदस्य चयन गरिएको छ । बाँकी तीन सदस्यपछि मनोनीत गर्ने जनाइएको छ । समितिको उपाध्यक्षमा इन्द्रजीत चेपाङ, सचिवमा सौरभ चेपाङ, सहसचिवमा सुजेन्द्र चेपाङ र कोषाध्यक्षमा सूर्यबहादुर चेपाङ चयन हुनुभएको छ ।

    त्यसैगरी, कार्यसमिति सदस्यहरुमा विकास चेपाङ, राजबहादुर चेपाङ, कृष्णबहादुर चेपाङ, गयासिंह चेपाङ, सफल चेपाङ, सारा चेपाङ, हिक्मत चेपाङ, गोपाल चेपाङ र जगतबहादुर चेपाङ चयन हुनुभएको सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति चितवनसहित २६ जिल्लामा फैलिएका छन् । विशेषगरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुुख्य बसोबास रहेको जिल्ला हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.